सर्लाहीको दक्षिण पश्चिमी क्षेत्रमा मानव अधिकार हननको घट्ना बढदै
आम नागरिकको मानव अधिकार संरक्षण गर्नका लागि असफल लगायतको बारेमा चर्चा गरिएको

२०७६ मंसिर २ सोमबार, दिउँसो ४:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको दक्षिणि पश्चिमी क्षेत्रमा मानव अधिकार हन्नको घटना बढदै गएको छ । बलरा नगरपालिका वाड नं. ७ मिर्जापुर माठ बाजारमा थर्ड एलायन्सको आयोजना तथा युवा सशक्तीकरण केन्द्रको सहकार्यमा मानव अधिकार अभिमुखिकरण र छुवाछूत, भेदभाव न्यूनीकरणमा स्थानीय जनप्रतिनिधिहरुको भुमिका सम्वन्धि सम्पन्न कार्यक्रममा दक्षिणि पश्चिमी क्षेत्रको मानव अधिकार हन्नका घटनाहरुको बारेमा सम्पन्न एक छलफल कार्यक्रममा सो तथ्याँक दर्साइएको हो ।
थर्ड एलायन्सको प्रादेशिक योजना संयोजक सतार अंसारीको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा सर्लाही जिल्लाको दक्षिण पश्चिम भु–भागमा पर्ने बलरा नगरपालिका लगायत अन्य स्थानिय तहमा मानव अधिकार हननको घट्ना व्यापक रुपमा बढदै गईरहेको विषयमा छलफल गरिएको थियो । मानव अधिकारको बारेमा स्थानीय जनप्रतिनिधिहरु पनि अनविज्ञ ,आम नागरिकको मानव अधिकार हनन हुँदा न्यायिक समिति पनि आम नागरिकको मानव अधिकार संरक्षण गर्नका लागि असफल लगायतको बारेमा चर्चा गरिएको आयोजकले जनाएका छन ।
आम नागरिक तथा जनप्रतिनिधिहरुमा मानव अधिकार बारेमा जानकारी, सम्झदारी होस भनेर आफुहरु मानव अधिकार अभिमुखिकरण कार्यक्रम गरेको तराई मानव अधिकार रक्षक संजालको जिल्ला संयोजक मुकेश मिश्रले बताउनुभयो। जिल्लाको सबै पालिकामा मानव अधिकार हनन उच्च रहेका कारण बिस्तारै बिस्तारै सबै पालिकामा मानव अधिकार अभिमुखिकरण तालिम सञ्चालन गरिने संयोजक मिश्रले बताउनुभयो।
कार्यक्रममा सहभागी अतिथिहरु मानव अधिकार तथा छुवाछूत, भेदभाव न्यूनीकरण गर्नका लागि स्थानीय जनप्रतिनिधिहरुको भुमिका बारेमा आफनो धारणा राख्नुभएको थियो। विशेष गरेर स्थानीय स्तरमा पदमै पुगेका व्यक्तिहरूबाटै छुवाछूत, भेदभाव र मानव अधिकार उल्घंहनको घटना हुने भएकाले यो कार्यक्रम मार्फत सबै संबंधित निकाय र व्यक्तिलाई ध्यानाकर्षण गराएको योजना संयोजक अन्सारीले बताउनुभयो।
मानव अधिकार अभिमुखिकरण तालिम आफूहरुको लागि वरदान सावित भएको स्थानीयवासी सटहु पासवान बताउनुभयो। जीवन आधा भन्दा बढी जीवन बितिसक्दा पनि आफुहरु मानव अधिकार बारेमा अनविज्ञ रहेको पासवान बताउनुहुन्छ। यो तालिमबाटै हामीले थाहा पाए कि संविधानले सबै नागरिकहरुलाई मर्र्या्दित भएर बाँच्ने अधिकार प्रदान गरेका रहेछन।
यस्तो चेतनामूलक कार्यक्रम सदरमुकाम मंलगवामै सिमित हुने गरेकाले स्थानीयवासीहरुले दुस्ख प्रकट गरेका छन । मानव अधिकारको हननको घटना सबैभन्दा बढी स्थानीय स्तरमा हुने भएकाले यस्तो कार्यक्रम स्थानीय स्तरमा पनि हुनुपर्ने स्थानीयवासीहरुको माग थियो ।
तालिममा प्रमुख अतिथि राजपाको युवा नेता एवम पुर्व सांसद केदारनन्दन चौधरी विशेष अतिथिको रुपमा बलरा नगरपालिकाको मेयर अभय सिंह, थर्ड एलायन्सको जिल्ला संयोजक मुकेश मिश्र, युवा सशक्तीकरण केन्द्रको अध्यक्ष श्याम सुन्दर कुशवाहा तथा सम्पुर्ण सदस्यहरु, मानव अधिकारकर्मी जितेन्द्र कुशवाहा, गोडैता नगरपालिका वडा नं. १२ को वडाअध्यक्ष सम्भुनारायण कुशवाहा, समाजवादी पार्टीको युवा नेता मनोज सिंह, पत्रकार, समाजसेवी, दलित महिलाको साथै स्थानीयवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…