जनकपुरको 'दारु,माछा-मासु' पसलहरुमा तालाबन्दी
यस सन्दर्भमा होटल व्यवसायीहरुको बैठक आज डाएिको हो ।

२०७६ मंसिर २ सोमबार, बिहान १०:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका भित्रको परिक्रममा सडकमा पर्ने मासु, मदिराजन्य पसलहरुमा तालाबन्दी गरिएको छ ।
मधेशको महाकुम्भको रुपमा रहेको ऐतिहासिक माध्यमिकी १५ दिने परिक्रममा सडकमा पर्ने त्यस्ता प्रकारको पसलहरुमा तालाबन्दी गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ बाट यस कार्यक्रमलाई मूर्तरुप दिइएको हो । जनकपुरधाम उपमहानगपालिका वडा नं. ७ का वडाध्यक्ष जानकी रमण साहको नेतृत्वमा श्रद्धालुहरु परिक्रममा घुम्ने बाटोमा पर्ने मासु, मदिरा, माछा पसलहरुमा तालाबन्दी गरिएको हो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार उपमेयर रिता मिश्रको विशेष उपस्थितीमा परिक्रमा सडक सहित गैर कानूनी रुपमा संचालनमा रहेको झण्डै एक दर्जन बढ़ी मासु, मदिरा पसलहरुमा तालाबन्दी गरिएको हो । यस्ता निर्णय गत वर्ष नै पारित गरिएको जनाउँदै यस वर्ष लागू गरिएको बताइएको छ । अवैद्य रुपमा सँचालित रहेको मदिरा पसल, मासु पसलहरुलाई पूर्व चेतावनी दिएको जनाइएको छ ।
यता, पसलमा ताल्चा लगाइएका व्यवसायीहरुले ठुल ठुला होटलहरुमा पनि यस्तो कारोवार हुँदा बन्द गर्न नसक्ने तथा कम लगानी र गरिबको झाप्रोमा तालाबन्दी गर्नु नियतवश मात्र रहेको प्रतिक्रिया दिइएको छ । यस सन्दर्भमा होटल व्यवसायीहरुको बैठक आज डाएिको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…