कर्जन्हाकाे मुसहर बस्तीमा कम्बल वितरण
बिनय यादव, सिरहा, २३ पाैष । सिरहाकाे कर्जन्हा नगरपालिका वडा नम्बर ७ प्रेमनगरमा आज (शनिबार) कम्बल वितरण भएकाे छ । धुर्मुस सुन्तलि फाउन्डेसन मार्फत कर्जन्हाका मेयर गंगा पासमान द्वारा कम्बल वितरण गरिएको हाे । बढ्दै गएको जाडोलाई दृष्टिगत गर्दै मेयर पासमान मुसहर वस्तिमा अाफै पुगि मुसहर समुदायहरूकाे समस्य

२०७४ पुस २३ आइतबार, बिहान ९:५९ बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, २३ पाैष ।
सिरहाकाे कर्जन्हा नगरपालिका वडा नम्बर ७ प्रेमनगरमा आज (शनिबार) कम्बल वितरण भएकाे छ ।
धुर्मुस सुन्तलि फाउन्डेसन मार्फत कर्जन्हाका मेयर गंगा पासमान द्वारा कम्बल वितरण गरिएको हाे । बढ्दै गएको जाडोलाई दृष्टिगत गर्दै मेयर पासमान मुसहर वस्तिमा अाफै पुगि मुसहर समुदायहरूकाे समस्या सुन्दै कम्बल वितरण गरेको हाे ।
सबै भन्दा पिछडिएको, अार्थिक अवस्था समेत कम भएकाे र अधिकारबाट समेत बन्चित रहेका घर परिवारलाई कम्बल वितरण गरिएको मेयर पासवानले बताए । सितलहरमा ज्यान जाेगाउन अावश्यक देखिएकाे र न्यानाे कपडा समेत किन्न नसकिएकाले मुसहर वस्तिमा थप राहतका सामग्री बड्ने तरखरमा रहेकाे उनले थपे ।
मुसहरहरूकाे शैक्षिकस्तर जगाउन अहिलेकाे लागि अति अावश्यक रहेकाले सबै मुसहर परिवारका बालबालिकाहरूलाई पठनपाठनमा ध्यान दिन र विधालय पठाउन अभिभावकहरुलाई उनले अाग्रह समेत गरे ।
यसरी अाफुहरूले जाडाेमा बाच्नका लागि पहिलाे पटक कम्बल पाएकाेले अाफु निकै खुसिभएकाे स्थानीय गणेशी सदाले बताए । अाफुहरूलाई राहतकाे थप सामग्रीहरू उपलब्ध गराइदिनहुन उनिहरुले मेयर पासवानलाई अाग्रह समेत गर्नुभयाे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…