बलात्कारको घटना मिलाएको छैन, आरोप निराधार : वडाध्यक्ष यादव
वडाध्यक्ष यादवले त्यसलाई खण्डन गर्दै आरोप विना प्रमाण र निराधार रहेको दाबी गरेका छन् ।

२०७६ मंसिर १ आइतबार, दिउँसो ३:३४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नं. १ का वडाध्यक्ष राजकुमार यादवले आफू बलात्कार घटना मिलाएको कुरा निराधार र मिथ्या रहेको दाबी गरेका छन् ।
जबरदस्ती करणीको घटना भएको कुरा आफूलाई थाहा भएपछि एउटा जनप्रतिनीधिको हैसियतले गाउँले समक्ष छलफलमा पुगेको स्वीकार गर्दै उनले आफू नै कानुनको सहारा लिनुपर्ने भनेर सल्लाह दिएको बताएका हुन् । घटनाको बारेमा आफूलाई थाहा नभएको स्थानीयहरुले घटनाको बारेमा जानकारी दिएपछि जनप्रतिनीधिको हैसियतले घटनाबारे बुझेर कानुन तहत जानुपर्ने मात्र बताएको दाबी गरेका छन् ।
कमला नगरपालिका वडा नं. १ मँगराहा गाउँका २५ वर्षीय एक युवकले गत कार्तिक ११ गते राती ११ बजे स्थानीय एक १४ बर्षिय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोप पीडित परिवारले लगाएको हो । पीडित परिवारका अनुसार, स्थानीय जनप्रतिनीधि सहित गाउँका पञ्चहरुले घटनालाई गाउँमै दबाउन दबाब दिएको बताएपनि वडाध्यक्ष यादवले त्यो विल्कुलै मिथ्या भ्रम पारेको बताएका छन् ।
"गाउँलेहरुले खवर गरेपछि आरोपितलाई त्यतिबेला बाँधेर राखेका थिए गाउँलेहरु, म जाँदा उनलाई प्रशासनले वा समाजले जतिबेला बोलाए उपस्थित हुन भनेको थिए , यहाँसम्मकी आरोपितको अभिभावकलाई समेत सामुन्नेमा राखेर गाउँले वा प्रहरीले खोजेको बेला उपस्थित हुनुपर्ने वाचा गराएका थिए । यतिकै भनेर म त्यहाँबाट फर्केको थिए । अब राजनीतिक प्रतिशोधले बीच कसले के गरयो मलाई थाहा भएन् ।"
पीडित परिवारका अनुसार, जबर्जस्ती करणी गर्नेमाथि प्रहरीमा किटानी जाहेरी दिए पनि वडाध्यक्ष अध्यक्ष राज कुमार यादव लगायत केही व्यक्तिले घटनालाई ढाकछोप गरी गाउँमै मिलाउने प्रयास र दबाब गरेको कुरालाई मिथ्या र निराधार बताएका हुन् । न्यूज ब्यूरोसँग कुराकानी गर्दै वडाध्यक्ष यादवले - "आफू जनप्रतिनीधिको हैसियतले प्रहरीलाई पनि खवर गरेको थिए, कानुनी प्रक्रियामा जानुपर्ने भनेर गाउँलेहरु समक्ष विचार पनि राखेका थिए र कानुनी सहायता पनि गरेका थिए । केही व्यक्तिहरुले राजनीतिक रिसबी साध्नको लागि यस्तो मिथ्या आरोप लगाएको होला र पीडित परिवारलाई पनि प्रभावमा पारेको हुन सक्छ ।"
बलात्कारको घटना ढाकछोप गर्न वडाध्यक्षकै मिलोमत्तोमा १ लाख रुपैयाँ पीडितलाई लिन दबाब दिएको समाचार सँचारमाध्यममा आएपछि वडाध्यक्ष यादवले त्यसलाई खण्डन गर्दै आरोप विना प्रमाण र निराधार रहेको दाबी गरेका छन् ।
यता, ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक एवम् ईन्चार्ज राजन थापाले समेत मुद्दा कानुनी प्रक्रियामा गईसकेको जनाउँदै कसैले दबाब सिर्जना गरेर केही नहुने बताए । उनले आरोपी उपर जाहेरी दर्ता भएको भन्दै वडाध्यक्षले प्रहरीलाई कानुनी प्रक्रियामा सघाएको बताए । वडाध्यक्ष यादवले राजनीतिक रिसबीका कारण मिथ्या आरोप लगाएको र विभिन्न सँचारमाध्यममा निराधार आरोप लगाएको समाचार प्रकाशित भएकोप्रति खेद प्रकट गर्दै भ्रममा नपर्न आम वडावासीसँग आग्रह गरे ।
उनले आफू जनप्रतिनीधीको हैसियतले पार्टी भन्दा पनि वडाका सबै जनता आफ्नो लागि एक समान भएको भन्दै कसैलाई काँखा पाखा नगरेको दाबी गरे । केही गाउँलेहरुले त्यही घटनालाई गाउँमै दबाउने प्रयास गरेपनि आफू नै कानुनी प्रक्रियामा गएर दोषीलाई कारवाहीको लागि माग गरेको बताए ।
कार्तिक ११ गते गाउँमा मेला लागेको मौकाछोपेर राती ११ बजे गाउँ नजिकै चौरमा लगेर जबर्जस्ती करणी गरिरहेको अवस्थामा घटना स्थलमा गाउँका युवाहरूले देखिए पछि आरोपित र किशोरीलाई समातेर गाउँले समक्ष ल्याएका थिए । जानकारी अनुसार दुवै जनाको मिलोमत्तो र सहमति नै रहेको थियो । कानुन अनुसार, २० वर्ष मुनीका किशोरीसँग सहमतिमै यौनसम्पर्क राखेपनि त्यसलाई बलात्कार मानिन्छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…