'ब्राम्हण' आफूलाई मात्र मैथिल बुझे : डा. सुरेन्द्र लाभ
कुनै पनि भाषा कुनै खास समुदायको बपौती र सम्पति होईनन् : सबनम खातुन

२०७६ मंसिर १ आइतबार, दिउँसो २:११ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका चिरपरिचित साहित्यकार एवम् भाषा विशेषज्ञ डा. सुरेन्द्र लाभले ब्राम्हणहरु आफूलाई मात्र मैथिल बुझेको भन्दै कटाक्ष गरेका छन् ।
समाजिक सँस्था भोरको आयोजनामा जनकपुरमा सम्पन्न मैथिलीको विस्तारिकरण, सहजीकरण र शुद्धिकरण उपर छलफल गोष्ठीमा डा. लाभले मैथिली भाषालाई निरन्तरताको लागि कुनै समुदायले आफ्नो मात्र भाषा कपिराइट नमानी भाषा सबै समुदायको साँझा धरोहरको रुपमा बुझनुपर्ने बताएका छन् । उनले भने, - "आज मैथिली भाषा कमजोर भएको छ र जनगणनामा पनि खतराको संकेत देखिएको छ । जसरी नेपाली भाषीले मात्र आफूलाई नेपाली बुझे ठयाक्कै त्यसरी नै मैथिली भाषीलाई आफूलाई मात्र मैथिल बुझे, त्यसैले अरुको वितृष्णा विभिन्न स्थानका ब्राम्हणहरुमा विभिन्न प्रकारको मैथिली भाषामा पनि रहेको देखिएको छ ।"
ब्राम्हण भन्दा पनि अन्य समुदाय जस्तै डोम, चमार, मुसहर जस्ता दलितहरुको भाषालाई निरन्तरता दिनुपर्ने बताउँदै उनले यसलाई निरन्तरता दिए मात्र मैथिली भाषाको संरक्षण हुने बताए । विदेश पलायन भईरहेका व्यक्तिहरुसँग भाषा संरक्षण असम्भव रहेको औल्याउँदै डा. लाभले भाषा सरलीकरणको आवश्यकतालाई सबै जिल्लामा स्वीकार योग्य भाषाको रुपमा बोल्नुपर्ने तथा लेख्नुपर्ने अवस्थामा आए भाषाको संरक्षण हुनेप्रति जोड दिए ।
कुनै सँस्था वा कार्यक्रममा जातीय समावेशिताको आवश्यकतालाई औल्याउँदै उनले मैथिली भाषाको दायरा विस्तृत हुनुपर्ने अपेक्षा राखे । संरक्षण अभियानको आवश्यकताप्रति जोड दिँदै उनले भने, - "जो मान्छे जसरी बोल्दैछ त्यसरी नै स्वीकार गरौ, किनभने आजको दिनमा भाषाको संरक्षण रणनीति त्यतिकै आवश्यक देखिएको छ ।"
सो कार्यक्रममा बोल्दै मैथिली साहित्यकार राम भरोस कापडी “भ्रमर” ले विदेशी भाषा वैज्ञानिक अनुसार बज्जिका मैथिली भाषाको रुपमा रहेको बताउँदै बहुसँख्यक लोकस मैथिलीलाई स्वीकार आवश्यक रहेको बताए । उनले यहाँ चलेको भाषाको भ्रमलाई तोडनुपर्ने बताउँदै उनले जनगणना नजिक रहेकोले यसप्रति सचेत रहनु र अभियान चलाउनु आजको आवश्यकता रहेको औल्याए । उनले अभियान चलाएपछि बज्जिका भाषीको सँख्या बढेको बताउँदै उनले मैथिली भाषाको लागि मैथिली शब्दकोषको पुनः निर्माण हुनुपर्ने बताए । प्रदेश स्तरमा प्रतिनीधिमूलक बैठकको आवश्यकता रहेको बताउँदै उनले बैठकमा सर्वजातीय व्यक्तिको उपस्थिति अनिवार्य रहेको बताए ।
भोरका अध्यक्ष राजकुमार महतोको अगुवाई एवम् सक्रियतामा भएको भाषा उपरको छलफल गोष्ठी कार्यक्रममा डा. रेवति रमण लालले विद्यालय र घरको वातावरण फरक भएकै कारण पनि विद्यार्थीहरु भाषादेखि भ्रमित भएको बताए । विद्यालयमा मातृभाषामा अध्ययन अध्यापन आवश्यक रहेको बताउँदै उनले भाषागत त्रुटि र मातृभाषाकै कारण पनि विद्यार्थीहरु कुनै सार्वजनिक मँचमा खुलेर आफ्नो भाषामा बोल्न नसकेको बताए । उनले राज्यद्धारा मैथिली भाषालाई समाप्त पार्ने षडयन्त्र भएको आरोप लगाउँदै स्थानीय पत्रपत्रिकामा पनि मैथिली भाषाको लेख, रचना र समाचारलाई निरन्तरता दिनुपर्ने बताए ।
सोही कार्यक्रमको दौराना सुधा कर्णले जनगणनाको तालिम कार्यक्रममा मैथिली भाषाको मुद्दा राख्नुपर्नेप्रति जोड दिइन् । त्यस्तै, कार्यक्रममा उपस्थित सबनम खातुनले मुसलमानको धार्मिक भाषा उर्दु रहेको बताउँदै भाषा कुनै व्यक्ति वा जातीको एकलौटी सम्पति नभएको बताइन् ।
साहित्यकार एवम् पत्रकार श्याम सुन्दर शशिले लिपीका कारण भाषाको विवाद भएको औल्याउँदै तिरहुता लिपीको प्रयोग अभावमा मैथिली भाषा उपर संकट आएको बताए । प्रदेश सरकारद्धारा मैथिली भाषालाई तोडने षडयन्त्र भएको आरोप लगाउँदै उनले भाषा संरक्षणको लागि नयाँ रणनीतिको आवश्यकता औल्याए । सरलीकरणको लागि भाषा वैज्ञानिकसँग विमर्स आवश्यक रहेको बताउँदै उनले शिक्षा, सँचार र साहित्यमा भाषाको मानकता कायम राख्नुपर्ने बताए । मेचीदेखि महाकालीसम्म जोडने मैथिली शब्दको आवश्यकता औल्याउँदै उनले अवसरवादी मानसिकता त्याग गर्दै अवसरवादीलाई बहिष्कार गर्नुपर्ने बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…