धनुषामा नेकपा र सपा परित्याग गरी दुईदर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश
न्यूज ब्यूरो, धनुषा । धनुषामा नेकपा र सपा परित्याग गरी दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर–५ सिमरापट्टीमा नेपाली कांग्रेसले आयोजना गरेको वडा स्तरीय कार्यकर्ता भेला कार्यक्रमबीच पूर्व फोरम, पूर्व माओवादी र एमाले छाडेर उनीहरु कांग्रेसमा पस

२०७६ कार्तिक ३० शनिबार, बेलुकी ५:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा नेकपा र सपा परित्याग गरी दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर–५ सिमरापट्टीमा नेपाली कांग्रेसले आयोजना गरेको वडा स्तरीय कार्यकर्ता भेला कार्यक्रमबीच पूर्व फोरम, पूर्व माओवादी र एमाले छाडेर उनीहरु कांग्रेसमा पसेका हुन् । नेकपाभित्र भ्रष्टाचार र वेथितिको हावी भएको र मुलुकको हितको लागि कांग्रेसमात्र सच्चा पार्टी रहेको भन्दै दुई दर्जन नेकपाका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
राम पुकार ठाकुर,सिबनाथ मंडल,राम खेलावन साह,विजय साह,लक्ष्मी साह,राम सागार दास,ब्रहम देव ठाकुर, लक्ष्मण दास,शिव सागर दास,राम सेवक दास,अनिल महरा राम भरोस महरा,गणेश महरा,राजा राम यादव,परमेश्वर यादव,लक्ष्मण यादव,मेथुन यादव,जोगिन्द्र यादव किसुन मुखिया र राम गुलाम महरा नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व कृषिमन्त्री रामकृष्ण यादव र पुर्व सांसद दिनेश प्रसाद प्रसैला यादव तथा सहिद नगरपालिका वडा नम्बर ५ का अध्यक्ष राम रतन पासवानले अविर मालाका साथमा पार्टीको झण्डाले स्वागत गरेका छन् । प्रभावशाली यूवा नेताहरु काग्रेसमा प्रवेश गरेको प्रति यादवले खुशीसमेत व्यक्ति गरेका छन् ।
उक्त समारोहमा प्रमुख अतिथि पुर्व मन्त्री रामकृष्ण यादव बिशिस्ट अतिथि पुर्व सांसद दिनेश प्रसैला सिबधारी यादव रहेका थिए भने कार्यक्रमको अध्यक्षता राम रतन पासवानले गरेका थिए । कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापति राज किशोर सिंह उपसभापति नवीन गोहिवार,सहिद नगरपालिका मेयर पदका प्रत्याशी उमेदवार देवेन्द्र भ्रखेर, हँसपुर नगरपालिकाका वडा अध्यक्ष मेथुरा यादव, नेविसंघका नेता पुष्पेन्द्र गोइत वडा सदस्य विसुन देव यादव नगर संयोजक दिप नारायण यादवलगायतका सहभागी थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…