राजापा नेपालको संगठन विस्तार तीव्र
सो क्रममा प्रदेश नं. २ को बारा जिल्लाको संसदीय क्षेत्र नं. २ (क) र (ख) मा समेत तदर्थ समिति गठन गरिएको छ ।

२०७६ कार्तिक २९ शुक्रबार, बिहान ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले आफ्नो संगठन विस्तार कार्यलाई तीव्रता दिएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रिय सर्कुलर अनुसार देशैभरि वडा, पालिका बिधान सभा तथा सँसदीय सभा निर्बाचन क्षेत्रको सम्मेलन गरि पार्टीलाई झन विस्तारित गर्न लागिएको हो । पार्टीलाई चुस्त एवम् दुरुस्त रुपमा सँचालन सहित संगठनको विस्तार कार्यलाई समेत तीव्रता दिइएको हो । सो क्रममा प्रदेश नं. २ को बारा जिल्लाको संसदीय क्षेत्र नं. २ (क) र (ख) मा समेत तदर्थ समिति गठन गरिएको छ ।
पार्टीका महामन्त्री जीतेन्द्र सिँहको अध्यक्षतामा सम्पन्न भएको एक सम्मेलनमा पार्टी विस्तारको कार्यलाई तीव्रता दिइएको हो । सोनल निर्वाचित क्षेत्रमा गरिएको सो कार्यक्रमको दौरान नयाँ तदर्थ समिति गठन गरिएको राजपा बाराका जिल्ला प्रवक्ता अरुण सिँहले जानकारी दिएका छन् । सिँहका अनुसार, निर्वाचन क्षेत्र नं. २ (क) को अध्यक्षता पार्टीका केन्द्रिय सदस्य एवम जिल्ला समन्वय समिति बारा प्रमुख नवल किशोर सिंहले गरेका थिए ।
(ख) बाट केन्द्रिय सदस्य श्याम गुताको अध्यक्षतामा भएको सो कार्यक्रमको दौरान प्रतिनिधि सभा क्षेत्रको अध्यक्ष पदमा सर्वसहमतिबाट महागढिमाइका रामचन्द्र साह तेलिलाई चयन गरिएको छ । त्यस्तै संसदीय क्षेत्र नं. २ (क) को अध्यक्ष पदमा जैसी यादवलाई चयन गरिएको छ भने अर्का (ख) बाट पार्टीको अध्यक्षमा पचरौता निवासी विनय सिँह सर्वसहमतिबाट चयन गरिएको प्रवक्ता सिँहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…