वडाध्यक्षको लागि ७ जनाले गराए उम्मेदवारी दर्ता
हरिपुर्वा नगरपालिकाका वाडा अध्यक्ष इसाक मियाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
२०७६ कार्तिक २७ बुधबार, दिउँसो ४:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिकाको वाडा अध्यक्ष पदका लागि दुई जना स्वतन्त्र सहीत ७ जनाको उम्मेदवारी परेको छ ।
मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनको कार्यतालिकाअनुसार बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएकोमा नेपाल कम्युनिस्ट पार्टी, नेपाली काँग्रेस, राजपा नेपाल, स्वतन्त्र सहित ७ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । हरिपुर्वा नगरपालिकाका वाडा अध्यक्ष इसाक मियाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
समाजबादी पार्टी नेपाल वाट श्याम बाबू राय,नेपाली काङ्ग्रेस वाट रामपृत पासवान , नेकपा वाट दोस महम्द अन्सारी, राजपा बाट राम बिश्वास राय, जनमत बाट दिनेश राय यादव र स्वतन्त्रत बाट मनोज कुमार राय, मनोज कुमार यादब रहेको कुरा मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताएका छन।ने.क.पा. बाट उमेदबारी दिएका दोस महम्द अन्सारी निधन भएका वाडा अध्यक्ष इसाक मियाको छोरा हुन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
धर्मेन्द्र कुमार यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…