महोत्तरीका सिकेन्द्र मुसहर भन्छन्, ‘ज्यानभन्दा पिलर प्यारो छ’
भारतीय सुरक्षाकर्मीको धम्की सहेर पनि एक इन्च पनि सिमाना मिच्न नदिएको सिकेन्द्र सुनाउँछन् ।

२०७६ कार्तिक २७ बुधबार, बिहान ९:५३ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, महोत्तरी । भारतीय सुरक्षाकर्मीको धम्की सहेर पनि सीमा रक्षा गर्न पाएकामा गर्व गर्छन् ५६ वर्षीय सिकेन्द्र मुसहर । ‘सीमामा बसेर हामीले पुस्तौंदेखि पिलर रक्षा गरिरहेका छौं’, उनी भन्छन्, ‘एसएसबीले बोर्डरमा बस्न दिन्नौं भन्दै घर भत्काई दिन्छ । भारतमै गएर ज्याला गरी पेट पाल्छौं ।’
महोत्तरी सदरमुकाम जलेश्वरभन्दा पश्चिममा पर्छ मधवा गाउँ । मनरासिसवा नगरपालिका–१० मधवामा ६० परिवार मुसहर बस्छन् । सिकेन्द्र मात्रै होइन गाउँले सबै सरकारप्रति आक्रोशित छन् । उनीहरूको एउटै स्वर छ–‘हामीले पटक पटक भोट दिएर नेतालाई जितायौं । उनीहरूले हाम्रा लागि केही गरेनन् । एसएसबीको धम्की खाएर हामीले पिलर जोगाइरहेका छौं ।’
एक इन्च पनि सिमाना मिच्न नदिएको सिकेन्द्र सुनाउँछन् । ‘पिलर मर्मत हुँदा र नयाँ गाड्नुपर्दा भारत र नेपालका प्रशासनसँग हामी पनि हुन्छौं’, उनी भन्छन्, ‘नेपाली भूमि अतिक्रमण गरे चुप लाग्दैनौं । बरु हामीलाई भारतीय भनेर हेप्दा मन दुख्छ ।’
सबै मुसहरसँग नेपाली नागरिकता छ । उनीहरूको घडेरी छैन । बस्तीमा दुईवटा चापाकल छ । पानीका लागि स्थानीय तीन सय जना यसमै निर्भर छन् । एसईईभन्दा माथि कसैले पढेका छैनन् । ‘कमाइले खान त पुग्दैन, बच्चाहरूलाई कसरी स्कुल पठाउनु ?’, सिकेन्द्र भन्छन्, ‘सरकारले गरिबका सन्तानलाई पढाउन सहयोग गर्नुपर्छ ।’
३०४–२०,२१, २२ नम्बरका पिलरभन्दा दक्षिणतिर पनि कोही बस्छन् । दसगजा क्षेत्रमा बस्न पटक्कै मन नरहेको ७५ वर्षीय लक्ष्मी मुसहर बताउँछन् । ‘काम गर्न पनि भारतीय गाउँ पस्नुपर्छ । कमाएको खानै पुग्दैन’, उनी भन्छन्, ‘जमिन कसरी किन्ने ? घर कसरी बनाउने ?’
मधवा गाउँनजिकै भारतले अग्लो बाँध बनाउँदा नेपालतिर डुबान हुँदै आएको स्थानीय भोला मुसहर बताउँछन् । ‘बाढी बाँधले छेकिदिन्छ । पानी बग्न नपाएर हप्तौंसम्म तालझैं रहन्छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…