आलम पक्षधरले पीडित पक्षलाई अपहरण गराएर ब्यान फेर्न लगाए !
अनि यताउता गरेमा तिम्रो घरपरिवार पनि होला, विचार गर्नु भनेर चेतावनी दिएका थिए ।

२०७६ कार्तिक २६ मंगलबार, दिउँसो १:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट। रौतहट बम काण्डका घाइते गौरीशंकर रामले आफूलाई मोहम्मद अफताव आलमका मान्छेहरुले अपहरण गरेर बयान फेर्न दवाव दिएको बताएका छन् ।
रौतहटमा आज पत्रकारहरुसँग कुरा गर्दै गौरीशंकरले अफताब आलमका मान्छेहरुले ४ दिनसम्म एउटा घरको कोठामा थुनेर डर, धम्की र प्रलोभनमा पारेर कागजमा दस्तखत गराएको बताएका हुन ।उनले आफू स्टोभ,ग्याससिलिन्डर पड्किएर नभइ २०६४ सालमा चुनावको एक दिन अगाडि राजपुर फरहदवामा भएको बम विष्फोटमा परेर घाइते बताए ।
घटनाको विवरण सुनाउँदै गौरीशंकरले भनेका छन्, ”म इ’ट्टा भट्टामा काम गर्ने मान्छे । त्यो दिन काम गरेको पैसा लिन मुन्सीले भनेपछि अफताबको घर गएको थिएँ । तर घर नजिकै पुग्दा अचानक विष्फोट भयो । विष्फोट बाट मेरो शरीरमा आगो लाग्यो । अनि केही पर गएर म खेतमा लडेँ । त्यसपछि के भयो मलाई थाहा छैन । पछि आफन्तहरुले मलाई उपचारका लागि सितामढी अस्पताल लगेको थाहा पाएँ ।
गौरीशंकरले अगाडि भने, ”अफताब पक्रिएको थाहा पाएपछि म केश गर्न आएँ । म घरमा थिएँ । गाडी लिएर चार जना आए । अनि गाडीमा लगेर गए ।चार दिनसम्म थुनेर राखे । अनि के(के कागजमा साइन गराए । हिंजो गाडीमा ल्याएर छाडिदिए । तीन मानिसले मलाई अदालतमा छाडेर गए । मलाई अ’प’ह’रण गरेका चार जनामध्ये एक जना नौसाद बाहेककालाई म चिन्दिन । उनीहरुले आलमलाई बचाउनुपर्छ भन्दै मलाई जतिसुकै पैसा चाहिए पनि दिने बताएका थिए ।
अनि यताउता गरेमा तिम्रो घरपरिवार पनि होला, विचार गर्नु भनेर चेतावनी दिएका थिए । स्टोभ पड्किएको भन्ने कुरा गलत हो । उपचारका क्रममा बच्न सितामढीमा स्टोभ पड्केर घाइते भएको भनेको थिएँ । अहिले म प्रहरीकोमा छु । सुरक्षित छु ।”
आलमका व्यक्तिहरुले स्टोभ पड्किएर घाइते भएको बयान दिन बा’ध्य बनाएपछि गौरीशंकर हिजो,२५ कात्तिकमा त्यही व्यहोराको निवेदन लिएर रौतहट जिल्ला अदालत पुगेका थिए । प्रहरीले आलमका मान्छेहरुले उनलाई होस्टायल गरेको संकेत पाएर आफूसँगै लिएर गएको थियो
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…