नेविसंघ धनुषाद्धारा भारत विरुद्ध प्रदर्शन
विरोध प्रर्दशन गर्दै विद्यार्थी नेताहरुले भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी दिएका छन् ।

२०७६ कार्तिक २३ शनिबार, राति ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको भूभाग लिपुलेक र कालापानी भारतले हडपेको भन्दै नेपाली विद्यार्थी संघ (नेविसंघ) धनुषाले विरोध जनाएका छन् ।
शनिबार जनकपुरमा नेविसंघको अगुवाईमा जनकपुरमा भारत विरुद्ध नारावाजी गरिएको हो । नेपालका केही भूभागलाई भारतले आफ्नो नक्साभित्र समावेश गरेको विरोधमा जनकपुरमा नेपाल विद्यार्थी संघ रा. रा. ब. ईकाई कमिटिले ‘गोे ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ भन्दै नारावाजी गरेका छन् । जनकपुरको भानुचोकबाट निस्केको विद्यार्थीहरुले बजार परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो । विरोध प्रर्दशन गर्दै विद्यार्थी नेताहरुले भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी दिएका छन् ।
नेविसंघ राराब ईकाई सभापति सुजित यादवको अगुवाईमा निकालिएको जुलुसमा विद्यार्थीहरुले पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन् । विरोध कार्यक्रममा नेवि संघका बिद्यार्थीहरुले भारतले नेपालको सिमाना मिच्ने कार्य वर्षौंदेखि गरिरहेको भन्दै भारतीय विस्तारवादको डटेर सामना गर्नका लागि तयार रहन समेत आग्रह गरेका थिए ।
नेपाली काँग्रेसका भातृ संगठनको रुपमा रहेको नेविसंघको जुलुस प्रदर्शनमा संघका पुर्व केन्द्रिय सदस्य संजिव यादव , युवा नेता जगदीश चौधरी , पुष्पेन्द्र गोईत , राजेश कर्ण , उदित मिश्रा, आशुतोष नविन (झा), नविन गोहिबार सहितका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…