हेल्प मधेशी कत्तारको अध्यक्षमा 'महतो'
परदेशमा मधेशीहरुको साथी सँस्थाको रुपमा हेल्प मधेशी स्थापित

२०७६ कार्तिक २३ शनिबार, बिहान ८:५५ बजे६ मिनेट पढाइ
न्यूज ब्यूरो, कतार । परदेशमा मधेशी मूलका नेपालीहरुको छाता संगठनको रुपमा स्थापित हेल्प मधेशीको नयाँ कार्य समिति अध्यक्षमा राम कल्याण महतोलाई चयन गरिएको छ ।
शुक्रबार हेल्प मधेशी कतारको दोस्रो महाअधिवेशनबाट नयाँ कार्य समिति चयन गर्दै अध्यक्षको लागि महतोलाई समर्थन सहित चयन गरिएको हो । परदेशमा बसेर पनि मधेशी मूलका नेपालीहरुलाई परेको बेला सहयोग गर्दै आएको हेल्प मधेशी सँस्थाले एक कार्यक्रमको आयोजना गरी नयाँ कार्य समिति चयन गरेको छ । महतोको नेतृत्वमा चयन गरिएको नयाँ कार्य समितिको कतारका लागि वरिष्ठ उपाध्यक्षमा बिशेश्वर प्रसाद यादब, उपाध्यक्षमा जिबछ पाशवान, शिव कुमार महतो, गिरधारि गुरमैतालाई चयन गरिएको हो ।
यस्तै सँस्थाको कोषाअध्यक्षमा राम कुमार यादब, सह कोषाअध्यक्षमा देबेन्द्र कुमार ठाकुर, सन्तोष साह, लाल बाबू साह, दिनेश साह, सुरेशमंडललाई चयन गरिएको छ भने सचिबमा प्रदिप कुमार ठाकुर, सह सचीवमा बिरेन्द्र पासवान, उपेन्द्र दास, जय किशोर मंडल, इशिलाल पंडितलाई छनौट गरिएको छ । सँस्थाको प्रवक्तामा भने राम अधिन यादवलाई राखिएको छ भने मिडिया संयोजकमा रबिन्द्र माली, धनेश्वर ठाकुर, ओम प्रकाश यादव, बिन्देश्वर ठाकुर र बद्री नाथ झालाई चयन गरिएको छ ।

नयाँ कार्य समितिको सदस्यहरुमा चन्द्रशेखर शर्मा, राम शिंह साफी, शिबलोचन यादव, नगेन्द्र मण्डल, गंगा प्रसाद यादव, सोनफी महतो ,राम आशिष यादव ,मनोहर कुमार सिंह, राम जीवन यादव, सुनिल महरा, राम बाबु साह , श्याम कुमार यादव, बलराम माझी, शिवराम कापर, रमेश यादव, हरिवंश यादव, सुबोध कुमार भगत, बिनय कुमार कर्ण, मन्दिप महतो, उपेन्द्र पासमान, श्याम सुन्दर साह, नरेश कुमार यादव, सुरेन्द्र कुमार सिंह ,अशोक कुमार साह,दिनेश मण्डल, बिरेन्द्र कुमार मण्डल, मनोज साह र दिलिप झा रहेका छन।
यस्तै, हेल्प मधेशीको सल्लाहकारमा ई. दिनेश साह, राम जनम शर्मा, उमेश यादव , राम्मानंद गुप्ता, देव नारायण महतो, राम कुमार यादव , श्याम कुमार मण्डल, राम प्रकाश दास, सुरेश मण्डल, राशिन्द्र यादव, बैजनाथ यादव, देबन यादव, विशेश्वर यादव, महेन्द्र यादव, नरेश कुमार यादव, जमीर नदाफ, ई.अयुब हुसैन खान, राम बाबु यादव, अभय कुमार ठाकुर, राज कुमार कापर र चंद्रबिर कुमार यादव रहेको छन ।

हेल्प मधेसी अन्तर्राष्ट्रिय समितिको संयोजकमा पवन ठाकुर, सतिश कुमार यादव र ई. दिनेश साह रहेको छन। कार्यक्रमको दौरान उपस्थित सदस्यहरुको लागि हेल्प मधेशी सँस्थाले भोजको समेत व्यवस्था गरेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…