मधेशकी डा. रश्मी शाह 'नासा'बाट सम्मानित
नेपालकी मधेशी रश्मीले अमेरिकामा गएर यो उपलब्धी हासिल गरेपछि उनलाई बधाई दिनेको ओइरो लागेको छ ।

२०७६ कार्तिक २० बुधबार, बिहान १०:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी मूलकी डाक्टर रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाद्धारा सम्मानित भएकी छन् ।
नासाले उनलाई अर्ली करिअर पब्लिक अचिभमेन्ट पुरस्कारबाट सम्मान गरेको हो । धनुषा जिल्लामा जन्मेकी साह नासाको जेल प्रोपल्सन लेबोरेटरीमा रिसर्च टेक्नोलोजिस्टका रुपमा कार्यरत छिन् ।
सन् २०१४ मा पर्डयु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा पीएचडी गरेदेखि उनी नासामा कार्यरत छिन् । नासाका कुनै कर्मचारीले नासामा आवद्ध भएको पहिलो १० वर्षमा नासाको मिशनका लागि असामान्य तथा अत्यन्तै महत्वपूर्ण योगदान दिएको खण्डमा यस्तो अवार्ड प्रदान गरिन्छ ।
साहले नासामा आवद्ध भएको ५ वर्षमै अत्यन्तै महत्वपूर्ण योगदान दिएका कारण यो अवार्ड प्राप्त गरेकी हुन् । साहले माटोको मोस्चर मापन, आद्रभूमि, हिउँको गहिराई र समुन्द्री सतहको गुणको मापनका क्षेत्रमा विशेष योगदान दिएकी थिइन् ।
नेपालकी मधेशी रश्मीले अमेरिकामा गएर यो उपलब्धी हासिल गरेपछि उनलाई बधाई दिनेको ओइरो लागेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…