धनुषामा बाटो विवाद हुँदा फुर्सा प्रहार !
जानकारी अनुसार राजकुमार र अरुणलाई बचाउनको लागि गाउँस्तरको राजनीतिक शक्ति परिचालित गरिएको हो ।

२०७६ कार्तिक १९ मंगलबार, बिहान ८:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा आपसी विवाद हुँदा एक जना उपर फुर्सा (बञ्चरो जस्तो धारिलो घरेलु हतियार) प्रहार गरिएको छ ।
धनुषाको कमला नगरपालिका वडा नं. ३ लगमा टोलमा सोमबार बेलुकी बाटोको लागि विवाद हुँदा फुर्सा प्रहार गरी गम्भिर घाईते बनाएको छ । स्थानीय सत्रुधन भण्डारीको टाउकोमा दुई पटक फुर्सा प्रहार गरी गम्भिर घाईते बनाएको हो । स्थानीय राजकुमार भण्डारी र अरुण भण्डारीले प्रहार गरेको धारिलो फुर्साबाट टाउकोको ३ ईन्च भित्रसम्म खन्याएको जनाइएको छ । उनीहरुबीच विगतदेखि नै सानो बाटोको लागि पटक पटक आपसी विवाद हुँदै आएको थियो ।
सत्रुधन उपर फुर्सा प्रहार गर्ने राजकुमार भण्डारीलाई ईलाका प्रहरी कार्यालय खजुरीले नियन्त्रणमा लिएको प्रहरी नीरिक्षक एवम् ईन्चार्ज राजन थापाले जानकारी दिए । थापाका अनुसार राजकुमार र अरुण भण्डारीले हतियार प्रहार गरेका थिए भने सोही झगडामा अरुण पनि घाईते भई उपचार गराईरहेकोले उनलाई पक्राउ नगरिएको हो । प्रहरीले दिएको जानकारी अनुसार पीडितको तर्फबाट कुनै प्रकारको निवेदन वा जाहेरी भने आएको छैनन् ।
गत छठ पर्वको राती पनि सत्रुधनकी बुहारी (भाईको श्रीमति) व्रतालु उपर समेत अरुण र राजकुमारले कुटपिट गरी घाईते बनाएका थिए । उनको उपचार भने स्थानीय क्लीनिकमा गरिएको थियो । यता, सोमबार बेलुकी भएको झगडाका घाईते सत्रुधनको उपचार भने जनकपुर अञ्चल अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ । यस घटना उपर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक थापाले जानकारी दिए ।
जानकारी अनुसार राजकुमार र अरुणलाई बचाउनको लागि गाउँस्तरको राजनीतिक शक्ति परिचालित गरिएको हो । यद्यपी यसबारे पुष्टि भने गरिएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…