बलिउड हिरो गोविन्दा कार्तिक २१ गते वीरगञ्ज आउँदै
महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

२०७६ कार्तिक १८ सोमबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । कात्तिक २१ गतेबाट वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।
महोत्सव आयोजक चलचित्र निर्माता संघले उनलाई विशेष अतिथिका रुपमा निमन्त्रण दिएको थियो । महोत्सवका लागि गोविन्द नेपाल आउन तय भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।
महोत्सव उद्घाटन दिन अर्थात् कात्र्तिक २१ गते बिहान गोविन्दा वीरगञ्जमा आइपुग्ने आकाशको भनाई रहेको छ । गोविन्दाले कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिने आकाशले जानकारी दिए । गोविन्द गतवर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए ।
उनकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् । त्यसैले उनी नेपाललाई आफ्नो ससुराली देश भन्ने गर्दछन् । महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । २४ गतेसम्म चल्ने महोत्सवमा नेपाली फिल्मका निर्माता, निर्देशक, कलाकारको उल्लेख्य सहभागिता रहनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…