छठमा निरहुआ र सेलिना कुंवरको जुगलबन्दी 'मत होखे उदास ए धनियाँ'
न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न समयमा गीति एल्बममा चर्चा कमाउँदै आएकी गायिक सेलिना कुंवरले यसपाली छठमा भोजपुरी सुपर स्टार दिनेश लाल यादव निरहुआ सँग जुगलबन्दी गरेकी छन् । तराई मधेशमा निष्ठा र महान व्रतको रुपमा मनाउने छठ पर्वको अवसरमा गायिक सेलिना कुंवर र भोजपुरी सिने स्टार निरहुआले मत होखे उदास ए ध

२०७६ कार्तिक १५ शुक्रबार, बेलुकी ७:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न समयमा गीति एल्बममा चर्चा कमाउँदै आएकी गायिक सेलिना कुंवरले यसपाली छठमा भोजपुरी सुपर स्टार दिनेश लाल यादव निरहुआ सँग जुगलबन्दी गरेकी छन् ।
तराई मधेशमा निष्ठा र महान व्रतको रुपमा मनाउने छठ पर्वको अवसरमा गायिक सेलिना कुंवर र भोजपुरी सिने स्टार निरहुआले मत होखे उदास ए धनियाँ बोलको गीतमा स्वर सजाएका छन् । आनन्द अस्तित्वले शब्द सजाएको छठ गीतमा सँतोष राज सहनीले सँगीत दिएका छन् । छठ व्रतमा विभिन्न घाटमा गुञ्जिने छठ पर्वको गीतमध्ये सेलिना र निरहुआको स्वरले समेत घाटमा गुञ्जायमान गर्ने विश्वास सँगीतकार सहनीले लिएका छन् ।
विभिन्न गीति एल्बममा आफ्नो सुमधुर स्वर सजाएकी गायिका कुंवरले निरहुआसँग स्वर सजाएपछि गीतको चर्चा झन तातिएको देखिएको छ । शनिबार विधिवत रुपमा मनाइने छठ पर्वको लागि घाट घाटमा लगाइएको लाउडस्पीकरमा निरहुआ र सेलिनाको आवाजले सु सज्जित मत होखे उदास ए धनियाँ बोलको गीत निकै चर्चा पाएको देखिएको छ ।
यसका साथै, निरहुआ म्यूजिक वल्र्ड युटुब च्यानल मार्फत गत ३० अक्टोबरको रिलिज गरिएको सो गीत सहित छठी मैया हो सुनल अरजिया हमार बोलको गीत समेत रिलिज गरिएको छ । आनन्द अस्तित्वकै रचनामा सँतोष सहनीले सँगीत भरेपछि गीतको चर्चा झन बढेको हो । छठ पर्वमा सुहान मानिने छठ गीतहरुमध्ये निरहुआको आवाजमै बनेको यो गीत दर्शक र श्रोतामाझ लोकप्रिय हुने विश्वास सँगीतकार सहनीले प्रकट गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…