मधेश र मधेशीको सच्चा सिपाही राजपा मात्र : नेता यादव
राजपाले अन्य पार्टी झैँ पदको लागि नभएर जनताको अधिकारको निम्ति राजनीति गरेको नेता यादवले बताए ।

२०७६ कार्तिक १३ बुधबार, बेलुकी ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले मधेश र मधेशी जनताको सच्चा सिपाही राजपा मात्र भएको बताएका छन् ।
सिरहाको कर्जन्हा नगरपालिका-२ बन्दिपुरमा बुधबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । उनले राजपाले मात्रै मधेश र मधेशी जनतालाई न्याय दिलाउने ठोकुवा गरे ।
राजपाले मधेशीको लागि निरन्तर संघर्ष गर्दै आएको प्रमाण मधेशी जनताको मनमा रहेको बताउँदै उनले मधेशी जनता अधिकार सम्पन्न नभएसम्म संघर्ष जारी राख्ने बाचा गरे । राजपाले अन्य पार्टी झैँ पदको लागि नभएर जनताको अधिकारको निम्ति राजनीति गरेको नेता यादवले बताए ।
उनले भने, 'राजपाले पनि चाहेको भए अहिले मन्त्रालयको जिम्मेवारीमा हुन्थ्यो, तर हामीले जनभावना विपरीत गएनौं, र जाँदैनौं पनि ।' नेता यादव राजपाले जनताको भावनालाई समेटेर अघि बढिरहेको जनाए ।
सो क्रममा नेकपा र कांग्रेससहित विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा राजपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेता यादवले अबिर लगाएर स्वागत गरेका थिए ।
सिरहा ४ का प्रतिनिधिसभा सांसद समेत रहेका नेता यादवले सम्पन्न विभिन्न योजनाको उद्घाटन समेत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…