धनुषाको महेन्द्रनगरबाट तस्कर पक्राउ
अभिभावकहरु समेत पीडित भएको औल्याए ।

२०७६ कार्तिक १२ मंगलबार, बेलुकी ५:५९ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो नेपाल । धनुषाको महेन्द्रनगरबाट लागू औषध बिक्रि बितरण गर्दै गरेको अवस्थामा एक तस्करलाई पक्राउ गरेको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ६ वस्ने बर्ष बर्ष ४४ को राम प्रकाश महतोलाई पक्राउ गरिएको हो । किनबेच हुँदै क्रममा बिशेश सूचनाको अधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । पक्राउ पर्ने महतोको साथबाट नाईट्रोजन ,10 २८ पिस , Sapcemom ,proxilin ६ , corex ३ बोटल , exyplon ४ एउटा खालि बोटल ,Billax -1 एउता खाली बोटल रहेको छ ।
पक्राउ परेका महतोलाई सार्वजनिक गर्दै प्रहरी नीरिक्षक अमिर दाहालले अहिलेको युवाहरु खासगरी कुलतमा जाँदै जदा ठूलो संख्यामा लागू औषध सेवनमा पुगेको बताए । भारत बाट ओसार पसार गरि महेन्द्रनगर बजारमा स्थानीय युवाहरु लागू औषधको सिकार बनेको उल्लेख गर्दै अहिले गाउँ गाउमा युवा फस्दै गएको उल्लेख गरे । नेपालबाट दिनहुँ भारत नाका तर्फ गई सयौं संख्यामा युवाहरु पारी गएर सेवन गरि घर आउने गरेको उल्लेख गरे ।
विभिन्न समयमा नेपाल प्रहरी सामुदायिक प्रहरी कार्यक्रम गरि सचेतना मुलक कार्यक्रम हरु केही सुधारत्मक अवास्था आए पनि युवाहरु सुधारक अवस्थामा नपुगेको स्वीकार्दै अभिभावकहरु समेत पीडित भएको औल्याए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…