मधेशमा छठको पनि रौनक सुरु, केरा बजारमा घुईचो
एउटा (गुच्छा) घौरको ४०० देखि ७०० सम्मको दरले बिक्री हुँदै आएको छ ।

२०७६ कार्तिक १२ मंगलबार, बेलुकी ५:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निष्ठा र तराई मधेशको सबभन्दा ठुलो पर्वको रुपमा मनाइने छठ पर्वको रौनक पनि सुरु भएको छ । तिहार (दियावाती) सम्पन्न भएलगत्तै तराई मधेशका विभिन्न जिल्लाहरुमा छठ पर्वको रौनक सहित छठको गीतले गुञ्जायमान हुने गर्दछ ।
यसैक्रममा छठ पर्वमा मुख्य फल मानिने केराको लागि जनकपुर लगायत विभिन्न जिल्लामा घुईचो लागेको छ । आगामी शनिबार अर्थात कार्तिक १६ गते मनाइने छठ पर्वको लागि अहिलेदेखि नै केरा लिने श्रद्धालुहरुको भीड लागेको छ । धनुषाको सहित आसपासका जिल्लाहरुको बजारमा केरा किन्ने सर्वसाधारणहरुको घुईचो लागेको छ । यसैक्रममा धनुषा जिल्लाकै मुख्य बजार मानिने सखुवा बजारमा छ्ठको लागि केरा किन्ने सर्वसाधारणहरुको भिड देखिएको छ ।

विभिन्न प्रकारको फलफूल सहित सुर्यदेवलाई चढाउने चलन रहेको छ, फलफूलमध्ये क्रममा केरा एउटा मुख्य पाटो मानिएको छ । छ्ठमा खास गरि केराको भार चडाउने परम्परा रहेको हुनाले छठमा केराको माग प्रत्येक वर्ष बढदै गएको देखिएको छ । तराई मधेशको जिल्लामध्ये सप्तरी र सुनसरीको विभिन्न ठाउँ भन्टावारी , सुन्सरी इनर्वाको केरा नेपाल भारतको विभिन्न ठाउँमा आपूर्ति गर्ने गरेको छ ।
सीतित ठाउँमा मात्र केराको खेती भएको कारण पनि केरा यस मौसममा महँगो हुँदै आएको छ । पूर्वी नेपालमा केही किसानहरु केराखेती तर्फ आकर्षीत भएको कारण मगन्य आम्दानी गर्ने गरेको देखिएको छ । तराई मधेशको विभिन्न जिल्लामा केरा खेती गर्न सके स्वरोजगार सहित प्रसस्त आम्दानी गर्न सकिन्छ । टाढा टाढाबाट ट्रकमा मगाएर केराको विक्री गरेपछि एउटा (गुच्छा) घौरको ४०० देखि ७०० सम्मको दरले बिक्री हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…