मधेशमा आज 'भरदुतिया' पर्व मनाइँदै
तिहारको भाइटिका र भरदुतिया पर्वको मान्यता एउटै भएपनि ठाउँ अनुसार मनाउने विधि भने फरक फरक पाइन्छ ।

२०७६ कार्तिक १२ मंगलबार, बिहान ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज तराई–मधेशमा भाई–बहिनीको स्नेह र प्रेमको प्रतीक भरदुतिया पर्व मनाइँदै छ ।
यो पर्व दीपावलीको दुई दिन पश्चात् अर्थात् कार्तिक महिनाको शुक्ल पक्ष द्वितीया तिथिको मनाइने परम्परा छ । यो पर्व मा बहिनीहरुले भाइलाई निमन्त्रणा दिएर आफ्नो घर बोलाउने गर्छन् ।
दिदीबहिनीले दाजुभाईलाई चामलको पिठोले अरिपन बनाएर काठको पिडहीमा बसाउँछन् । त्यसपछि दाजुभाईको हातमा पान सुपारी राखेर मैथिली भाषामा मन्त्र उच्चारण गरिन्छ । मन्त्रमार्फत दिदीबहिनीले दाजुभाईको दीर्घायुको कामना गर्छन् ।
पूजा सकिएपछि दाजुभाईलाई मिठाईलगायत परिकार खुवाउने चलन छ । तिहारको भाइटिका र यो पर्वको मान्यता एउटै भएपनि ठाउँ अनुसार मनाउने विधि भने फरक फरक पाइन्छ ।
दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका र भरदुतिया मनाइँदैछ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…