संविधान संशोधनको लागि हरकदम उठाउन तयार छु : उपेन्द्र यादव
तत्काल संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने आफ्नो पार्टीको माग रहेको उनले बताए ।

२०७६ कार्तिक १२ मंगलबार, बिहान ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य, जनसंख्यामन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
सिरहा नगरपालिका–१९ सन्हैठामा सोमबार स्वास्थ्यचौकीको उद्घाटन तथा विश्वनाथ यादवको आठौं स्मृतिसभालाई सम्बोधन गर्दै मन्त्री यादवले संविधान संशोधन गर्ने शर्तमा आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी भएको बताएका हुन् । उनले संविधान संशोधनको लागि हरकदम उठाउन तयार रहेको बताए ।
तत्काल संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने आफ्नो पार्टीको माग रहेको उनले बताए । कृषि क्षेत्रको विकास नभएसम्म मुलुक समृद्ध हुन नसक्ने जिकिर गर्दै मन्त्री यादवले कृषि क्षेत्रको विकासका लागि कमला–कोशी डाइभर्सन आयोजनाको काम अगाडि बढाउनुपर्नेमा जोड दिए । सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पूरा गर्न कृषि क्षेत्रमा लगानी आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारले अनुदानको नीति हटाएर सामूहिक खेतीको अवधारणा अगाडि बढाउन लागेको उल्लेख गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…