जंगली हात्तीले घर भत्काउँदा क्षति
उर्लाबारी, मोरङ, २१ पुस : मोरङको उर्लाबारी नगरपालिका– १ बस्ने सहरमान तामाङको घरमा गएराति जंगली हात्तीले क्षति प¥याउँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको छ । हात्तीले टिनको छानो भएको दुईतले घरमा क्षति पु¥याएको छ भने घरभित्र रहेको अन्नपातसमेत खाँदा सो क्षति भएको इलाका प्रहरी कार्यालय उर्लाब

२०७४ पुस २१ शुक्रबार, बिहान १०:१८ बजे१ मिनेट पढाइ

उर्लाबारी, मोरङ, २१ पुस : मोरङको उर्लाबारी नगरपालिका– १ बस्ने सहरमान तामाङको घरमा गएराति जंगली हात्तीले क्षति प¥याउँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको छ ।
हात्तीले टिनको छानो भएको दुईतले घरमा क्षति पु¥याएको छ भने घरभित्र रहेको अन्नपातसमेत खाँदा सो क्षति भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक धनबहादुर अधिकारीले जानकारी दिनुभयो ।
हात्तीलाई स्थानीयवासीको सहयोगमा जंगलतर्फ नै लखेटिएको प्रहरीले जनाएको छ । जंगलबाट आएको हात्ती बस्तीमा पस्दा रातभर सो वडाका बासिन्दा आतंकित भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…