'एक मधेश एक प्रदेश' हुन सक्दैन : विजय गच्छदार
उनले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने प्रष्ट पारे ।

२०७६ कार्तिक ९ शनिबार, दिउँसो ४:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छदारले देश ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन् ।
एक शुभकामना आदानप्रदान कार्यक्रममा उपसभापति गच्छदारले यस्तो बताएका हुन् । उनले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने प्रष्ट पारे । आफू अहिले सत्तामा नरहेको बताउँदै उनले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्ने बताए ।
उनले कांग्रेसभित्र त्यसकै निम्ति लागि परेको उल्लेख गरे । गच्छदारले नयाँ युवा पुस्तालाई पुराना व्यक्तिको कदर गर्दै उहाँहरुको योगदानलाई बिर्सनु नहुने बताए । देश निर्माणमा युवापुस्ता अनुशासित भएर अघि बढ्नुपर्ने गच्छेदारको भनाइ थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…