आज धनतेरस, धातुका सामान किनी पूजाअर्चना गरिँदै
पहिले नेपालको विशेषगरी मधेशी समुदायमा मनाउने यो पर्व पछिल्ला वर्षहरुमा देशभरी नै मनाउने प्रचलन छ ।

२०७६ कार्तिक ८ शुक्रबार, बिहान १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दीपावली पर्वको पहिलो दिन अर्थात् कात्तिक कृष्ण त्रयोदशीका दिन आज नयाँ वस्तु किनेर त्यसको पूजाअर्चना गरी धनतेरस पर्व मनाईदैछ ।
आजका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन छ । धनतेरसका दिन सुन, चाँदी, तामा लगायतका धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याई पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ ।
यो दिन किनिएको वस्तु टिकाउ, लाभदायक र शुभ हुने धार्मिक मान्यता रहेकाले तिहार पर्वको पहिलो दिन आफ्नो गच्छेअनुसार सबैले केही न केही किन्ने परम्परा छ । आज सबैजसो स्थानमा सुनचाँदी लगायत धातुजन्य सामान पाइने पसलमा सामान किन्नेको घुइँचो नै लाग्ने गर्दछ ।
पहिले नेपालको विशेषगरी मधेशी समुदायमा मनाउने यो पर्व पछिल्ला वर्षहरुमा देशभरी नै मनाउने प्रचलन छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…