आलमको आज तेस्रो पटक म्याद थपिँदै, अनुसन्धान करिब अन्तिम चरणमा
१२ वर्षअघिको घटनासम्बन्धमा बयानका लागि नेपाल प्रहरीका दुई बहालवाला डीएसपीलाई झिकाएको छ ।

२०७६ कार्तिक ८ शुक्रबार, बिहान ९:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बम विस्फोट र इँटाभट्टामा हालेर व्यक्ति हत्या गरेको अभियोगमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई तेस्रो पटक म्याद थप्ने तयारी गरिएको छ ।
प्रहरीले शुक्रबार (आज) तेस्रोपटक म्याद थप गर्न अदालत लैजान लागेको हो । दुईपटक दिइएको समयमा अनुसन्धानले पूर्णता नपाएपछि आज तेस्रोपटक म्याद थप गर्न लैजाने तयारी जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले जानकारी दिए ।
७ दिन म्याद थप गरिदिन अदालतसमक्ष आग्रह गर्ने तयारी भएको सरकारी वकिलको कार्यालय स्रोतले जनाएको छ । कांग्रेस सांसद तथा पूर्वमन्त्री आलम असोज २६ गते पक्राउ परेका थिए ।
प्रहरीले अनुसन्धान करिब अन्तिम चरणमा पुर्याएको छ । प्रत्यक्षदर्शी र पीडितहरुले खुलेर घटनाबारे बताएकाले अनुसन्धानमा केहि सहजता आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले १२ वर्षअघिको घटनासम्बन्धमा बयानका लागि नेपाल प्रहरीका दुई बहालवाला डीएसपीलाई झिकाएको छ ।
पूर्वमन्त्री आलमले पहिलो संविधान सभाको निर्वाचनको बुथ कब्जा गर्न केहि व्यक्तिलाई बम बनाउन लगाएका थिए । बम बनाउने क्रममा अचानक विस्फोट भएपछि केहिको घटनास्थलमै मृत्यु भएको थियो भने केहि घाइते भएका थिए । घाइते भएकाहरुलाई उनले इट्टा भट्टामा हालेर जिउँदै जलाई हत्या गरेको उनीमाथि आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…