सिरहा : मिटर बिगारेर कम तेल दिने पम्पमा शिलबन्दी
सिरहाका विभिन्न पम्पहरुबारे गुनासो बढेपछि अनुमनमा सम्बन्धित निकायले सक्रियता देखाएको छ ।

२०७६ कार्तिक ७ बिहीबार, बिहान ९:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा पेट्रोल पम्पको एडजस्टर र डिस्प्ले बिगारेर तोकिएभन्दा कम तौलको पेट्रोल र डिजेल बेच्ने एक पेट्रोल पम्पमा शिलबन्दी गरिएको छ ।
सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर चोकमा संचालित महतो फ्युल सेन्टरमा बुधबार जिल्ला प्रशासन कार्यालय सिरहाको अगुवाई तथा नापतौल तथा गुणस्तर कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त अनुगमन टोलीले शिलबन्दी गरेको हो ।
जिल्लाका विभिन्न ठाउँमा संचालित पेट्रोलपम्पको अनुगमन गर्ने क्रममा लक्ष्मीपुर चोकस्थित महतो फ्युल सेन्टरले पम्पको एडजस्टर र डिस्प्ले बिगारेर तौलभन्दा कम पेट्रोल र डिजेल बिक्री वितरण गरेको पाइएपछि तत्काल बिक्री वितरण समेत गर्न नपाउने गरी शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी कमल आचार्यले जानकारी दिए ।
महतो फ्युल सेन्टरबाट पेट्रोल दिइने पम्पको एडजस्टर बिगारेर पाँच लिटर पेट्रोलमा एकसय मिलिलिटर र डिजेल पम्पको डिस्प्ले बिगारेर पाँच लिटर डिजेलमा एक सय ४० मिलिलिटर कम बिक्री गरी उपभोक्ता ठगिरहेका थिए । सिरहाका विभिन्न पम्पहरुबारे गुनासो बढेपछि अनुमनमा सम्बन्धित निकायले सक्रियता देखाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…