जनकपुर : अरिंगालको टोकाइबाट एक जनाको मृत्यु, दुई गम्भिर !
बेहोस भएर पानीबाट बाहिर निस्कन नसकिदा पानीमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
२०७६ कार्तिक ६ बुधबार, बेलुकी ६:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अरिँगालको टोकाईबाट धनुषामा एक जनाको मृत्यू भएको छ भने दुई जना गम्भिर घाईते भएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं ४ महुलिया ननुपट्टीको सडक खण्डमा पर्ने सिंग्याही फुल नजिक घाँस काट्न गएका ६० वर्षीय वृद्धको अरिंगालको टोकाइबाट मृत्यु भएको छ भने दुई जना घाइते भएको ईलाका प्रहरी कार्यलय यदुकूहाका प्रहरी निरीक्षक दिपक बाबू केसीले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा शहिदनगर नगरपालिका वडा नं. ५ मा बस्ने ५५ वर्षीय दियाली मुखिया रहेको छन् भने घाइते हुनेमा सोही गाउँका अन्दाजी ३५ वर्षीय राम सागर कापर र अन्य एक जना महिला रहेकी छिन् । उनीहरूको उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।
बुधबार (आज) साझ करिब ५ बजेको समयमा घरबाट घाँस काट्न भनि गएका घाँस काटिरहेको नजिक रहेको बासको झ्याङ्गोमा रहेको १०–१२ वटा अरिंगालले शरीरको विभिन्न भागमा टोक्दा उनी छट्पटटीदै मुख्य सडकको छेउमा रहेको पानीमा पसेका थिए । बेहोस भएर पानीबाट बाहिर निस्कन नसकिदा पानीमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी गाउँ घरमा घुमफिर गरि बरफ (आईसक्रिम) बेच्दै आएका थिए भने उनको ३ छोरी र २ छोरा रहेको स्थानीयवासीहरुले जनाएको छ ।
शवलाई पोष्टमार्टमको लागि जनकपुर अंचल अस्पताल पठाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुरेन्द्र यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…