नेपाली सेनाले जोगाए दुधे बालकको ज्यान
जनकपुरधाममा बेला बेलामा रगतको अभाव हुने गरेको रेडक्रसले समेत जनाएको छ ।
२०७६ कार्तिक ५ मंगलबार, राति ९:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रगतको अभावमा मृत्युको संघारमा पुगेका ७ दिनको एक बालकलाई नेपाली सेनाले रगत दिएर ज्यान जोगाएका छन ।
जनकपुर बाल अस्पतालमा रहेको ७ दिनको एक बालकलाई नेपाली सेना श्री श्रीनाथ गणका २ जना जवानले रगत दिएर ज्यान जोगाएका छन । महोतरीको जलेश्वर नगरपालिका ११ स्थित पिगौना बस्ने निलम रामले स्थानिय जनकपुर बाल अस्पतालमा छोरालाई जन्म दिएका छन तर जन्मिनै बितिकै सो बालकलाई निमोनिया र जन्डीस भएका कारण बालकको अवस्था नाजुक रहेको अस्पतालका चिकित्सक डा. जामुन सिँहले बताएका छन ।
सो बालकलाई प्रदेश नं. २ का प्रदेश प्रमुखको सुरक्षामा खटिएका सो नेपाली सेनाका जवान अनिल मगर र महेन्द्र सिंह ऐरले रगत दिएर ज्यान जोगाएका हुन । मगरले ए पोजेटिभ र ऐरले ओ पोजेटिभ रगत दिएर बालकको ज्यान जोगाएका हुन । सो बालकलाई दुवै ग्रुपको रगत आवश्यक रहेकोले एकै साथ दिईएको जनाईएको छ ।
अहिले बालकको अवस्था खतरामुक्त रहेको अस्पताल श्रोतले जनाएको छ । जनकपुरधाममा बेला बेलामा रगतको अभाव हुने गरेको रेडक्रसले समेत जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
ब्रम्हानन्द ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…