आचारसंहिता विपरीतका सामग्री हटाइयो
विराटनगर, २० मंसिर : जिल्ला प्रशासन कार्यालय, मोरङले मङ्गलबार साँझसम्ममा विराटनगरबाट निर्वाचन आचारसंहिता विपरीतका सय किलोभन्दा बढी सामग्री हटाएको छ । सडकको दायाँबायाँ झुण्ड्याइएको अवस्थामा राखिएका त्यस्ता सामग्री विराटनगरको मुख्य बजारदेखि पुष्पलाल चौकसम्म, कञ्चनबारीक्षेत्र र विराटनगर–५ को कोचाखाल क्

२०७४ मंसिर २० बुधबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

विराटनगर, २० मंसिर : जिल्ला प्रशासन कार्यालय, मोरङले मङ्गलबार साँझसम्ममा विराटनगरबाट निर्वाचन आचारसंहिता विपरीतका सय किलोभन्दा बढी सामग्री हटाएको छ ।
सडकको दायाँबायाँ झुण्ड्याइएको अवस्थामा राखिएका त्यस्ता सामग्री विराटनगरको मुख्य बजारदेखि पुष्पलाल चौकसम्म, कञ्चनबारीक्षेत्र र विराटनगर–५ को कोचाखाल क्षेत्रबाट हटाइएको हो ।
भोलि बिहीबार हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा मतदातालाई आकर्षित पार्नका लागि राखिएका त्यस्ता आचारसंहिता विपरीत सामग्री जिल्लाका अन्य ठाउँबाट सुरक्षाकर्मी र निर्वाचन आयोगको टोलीले हटाएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…