गायक दुर्गेश थापा पक्राउ !
विभिन्न समयमा युवाहरुले यस्ता गीतलाई पनि बन्द गर्नुपर्ने आवाज उठाएका छन् ।

२०७६ कार्तिक ५ मंगलबार, दिउँसो १:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । तिहार सम्बन्धि ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीत सार्वजनीक गरेका गायक दुर्गेश थापालाई (आज) प्रहरीले मंगलबार पक्राउ गरेको छ । गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका कारण उनी पक्राउ पेका हुन् ।
मदिरा र गाँजा सेवनलाई प्रोत्साहन गरी गीत गाएपछि उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । ‘ह्याप्पी तिहार गीत बजारमा आए सँगै थापा विवादमा तानिएका थिए । पक्राउ परेका थापामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस अघि थापाले तीजको समय ल्याएको ‘बीच्च बीच्चमा’ बोलको गीतले भने निकै चर्चा कमाएको थियो ।
देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुतामाथि आँच आउने काम गरेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाकाले जनाएको छ । थापासँग सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने शब्द प्रयोग गरिएको गीत हटाएर छोड्ने तयारी प्रहरीले गरेको छ ।
तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले थापालाई बोलाएको थियो । उक्त गीतमा, धुम्रपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ । यस्ता शब्दले समाजमा गलत सन्देश दिनुका साथै प्रचलित कानून विपरीत भएको भन्दै चर्को आलोचना पनि भइरहेको छ ।
यसका साथै तराई मधेशको भाषा र सँस्कृति भन्दै दलित, अल्पसँख्यक जातजातीलाई हेप्ने गरी विभिन्न गीतहरु बजारमा ल्याएपनि प्रशासनमा कुनै उजुरी भने परेको छैन् । मैथिली भाषाको गीत चमरा छपरा मे छापर छुपर पनिया भन्ने बोलको गीतमा अल्पसँख्यक मानिएको महरा (चमार) समुदायलाई हेपेको देखिएको छ । विभिन्न समयमा युवाहरुले यस्ता गीतलाई पनि बन्द गर्नुपर्ने आवाज उठाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…