विश्वभरका मधेशीहरु 'गैर आवासीय मधेशी संघ' मा आउनुपर्छ : अध्यक्ष कुशवाहा
आफ्नै नागरिकलाई न्याय सुनिश्चित नगर्ने , वास्ता नगर्ने सरकारले कसरी अरूको मानवअधिकारको रक्षा गर्ने ख्याल राख्छ ?'

२०७६ कार्तिक ३ आइतबार, बेलुकी ५:५३ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले मधेश र मधेशीको समस्या समाधान गर्न नसकेको भन्दै विश्वभरमा छरिएर रहेका मधेशीहरुले "गैर आवासीय मधेशी संघ" (एनआरएमए- NRMA) Non-Resident Madheshis (NRM) Association मा आउनुनको विकल्प नरहेको बताइएको छ ।
विदेशमा मधेशीहरुको छाता एवम् सबभन्दा बलियो संगठन गैर आवासीय मधेशी संघका अन्तराष्ट्रिय अध्यक्ष ईन्जिनीयर बसन्त कुशवाहाले गैर आवासीय नेपाली संघले मधेश र मधेशीको मुद्दामा चासो नलिनुका साथै मधेशी मूलका नेपालीहरुको समस्या समाधानमा रतिभर पनि चासो नलिएको कारण मधेशीहरुले नै बनाएको अन्तराष्ट्रिय बलियो संगठन गैर आवासीय मधेशी संघ मा जुडनुको विकल्प नरहेको बताएका छन् ।
नेपाल सरकारझैं विदेशमा रहेको गैर-आवासीय नेपाली संघले पनि मधेशीहरुसँग अमानवीय व्यवहार गरेको भन्दै गैर आवासीय मधेशी संघले मधेशीहरुको पक्षमा वकालत गर्ने सँस्थाको रुपमा खडा भएको दाबी गरेका छन् । उनले विभिन्न समयमा भएको मधेश आन्दोलन र अधिकारको आन्दोलनको लागि पनि गैर -आवासीय मधेशी संघले सघाएको जनाउँदै विभिन्न देशमा छरिएर रहेका मधेसीहरुको दुःख र पीडामा संघ साथ रहेको दाबी गरेका छन् ।
गत वर्ष मात्र रँगभेदी उपर चलेको अन्तराष्ट्रिय बहसमा अध्यक्ष कुशवाहाले जेनेभामा सँयुक्त राष्ट्रय संघको उच्चायुक्त कार्यालयमा अल्पसँख्यक समुदाय, मधेशी समुदाय र युवाहरु उपरको बहसमा उनले नेपाल सरकार मधेशी समुदायसँग गरेको विभेदको बारेमा चिठ्ठा खोलको थिए । नेपालमा चलेको जनआन्दोलन (गृहयुद्ध) मा आफ्नो हक अधिकारको लागि मधेशी समुदायको सयौं युवाले ज्यानको आहुति दिएपनि नेपाल सरकारले मधेश र मधेशीको हकअधिकार नदिएको जिकीर गरेका थिए ।
हालै सम्पन्न गैर आवासीय नेपाली संघको चुनावमा पनि संघको कार्य समितिमा एउटा नै मधेशी अनुहार नरहेको औल्याउँदै मधेशीलाई सरकारले हेपेझैं विदेशमा गैर आवासीय नेपाली संघले हेपेको भन्दै अब मधेशीहरुको लागि एउटौ विकल्प गैर आवासीय मधेशी संघ रहेको जीकिर गरेका छन् । गैर आवासीय नेपाली संघको सँस्थापक एक मधेशी भएपनि अहिल आएर सबैलाई विस्थापित गरेको बताएका छन् । उनले गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलनबाट चयन गरिएको दुई बर्षे कार्यकालको समितिमा एउटा पनि अनुहार मधेशी नपरेको भन्दै आपत्ति जनाउँदै मधेशीहरुको लागि अब गैर आवासीय मधेशी संघ मात्र हमदर्द साथी रहेको बताएका छन् ।
उनले गैर आवासीय नेपाली संघ को सँस्थापक एक मधेशी उपेन्द्र महतो भएपनि अहिले आएर मधेशी समुदायलाई बायकट गरेको अवस्था औल्याएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन् :

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…