मेयर उदय बरबरिया शहिदनगरका 'रक्षक' हुन : ईन्चार्ज बरबरिया
योजनाहरुमा धेरै सर्वसाधारणलाई चित्त नबुझ्ने भएपनि भविष्य पिढीको लागि साकारात्मक हुने विश्वास दिलाए ।

२०७६ कार्तिक ३ आइतबार, दिउँसो ४:३३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धनुषा जिल्ला ईन्चार्ज योग कुमार बरबरिया (श्रवण) ले मुलुककै कान्छो मेयर भनेर चिनिने शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियालाई नगरको सीपाहीको रुपमा रहेको बताएका छन् ।
महान चाड तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी कार्यालय उदघाटन समारोहको दौरान ईन्चार्ज बरबरियाले सो कुरा बताएका हुन् । शहिदनगर नगरपालिकाको वडा नं. ३ झण्डाचोकमा स्थापना गरिएको नेकपालको नगरस्तरीय कार्यालय उदघाटन समारोहमा ईन्चार्ज बरबरियाले नगरपालिकाका मेयर बरबरिया (उदय बरबरिया) नगरको सीपाहीको रुपमा कार्य गरिरहेको बताए ।
स्थानीय तह लागू भएपछि तथा नगर प्रमुखमा निर्वाचित भएपछि केही दिनमै नगरपालिकाको भित्री नक्सा परिवर्तन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको औल्याउँदै नगरवासीको लागि रक्षकको रुपमा खडा भएको बताए । नगरवासीको साथ र सहयोगको उचीत मूल्याँकन सहित कार्य सम्पादन गर्ने नगर प्रमुखको रुपमा परिचित भएको भन्दै उनलाई सधैं नगरको रक्षाको लागि साकारात्मक कदम चाल्न आग्रह समेत गरे ।

उनले भने, - "शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यस नगरका सच्चा सीपाही हुन, आफ्नो नगरवासीप्रतिको वफादारी कसैबाट लुकेको छैन । उहाँले दिएको विकासको नमुना आज अन्य स्थानीय तहको लागि उदाहरण बनेको छ । शहिदनगरको चर्चा आज जे छ त्यो नगर प्रमुखको हैसियतले पनि सहयोग गरेको छ भनेर नकार्न सकिदैन । राष्ट्रिय देखि अन्तराष्ट्रिय स्तरसम्मका विज्ञहरुलाई नगरपालिकामा बोलाएर यहाँको गरिबीको मामिला, धार्मिक मामिला, समावेशी, समानुपातिको मूल सुत्रलाई स्थापित गर्नको लागि दिनरात लागिपरेको छ । यदि शहिदनगरवासीले साकारात्मक रुपले साथ दियो भने नेपालमै एक नमुना नगरपालिकाको उदाहरण साबित हुनेछ ।"
नगर प्रमुख उदय कुमार बरबरियाको अध्यक्षता एवम् ईन्चार्ज श्रवण बरबरियाकै प्रमुख आतिथ्यमा सम्पन्न भएको नगरस्तरीय पार्टी कार्यालय उदघाटन एवम् चियापान समारोहमा बोल्दै मेयर बरबरियाले राज्य र जनताले दिएको जिम्मेवारी वफादारीपूर्वक बहन गरिरहेको बताए । उनले शहिदनगरवासीको लागि ल्याएको योजनाहरुमा धेरै सर्वसाधारणलाई चित्त नबुझ्ने भएपनि भविष्य पिढीको लागि साकारात्मक हुने विश्वास दिलाए ।
राजनीतिक प्रभावमा परेर साकारात्मक कार्यको पनि विरोध गर्ने जनताले आफ्नै भविष्यको लागि कुनै चालेको बुझन सके विकासको गति झन तीव्र हुने बताउँदै उनले राजनीतिक प्रभाव भन्दा पनि भविष्यको पीढी र विकासको मूल मर्मलाई बुझेर सहयोगको अपेक्षा गरे । उनले भने, - "जहाँ विरोध हुँदैन, त्यहाँ विकास पनि सम्भव हुँदैन, विरोध गर्नुपर्छ तर गलत कुरामा विरोध गर्नु जाजय हुन्छ । पहिला सोचौं राजनीतिक मनोभाव हटाएर सोचेर आफ्नो मन गवाही गरे मात्र विरोध जनाउँ, विरोधबाट हामीलाई पनि पाठ सिक्न मिल्छ र कत्तै गलत भईरहेको छ भनेर आभास हुन्छ त्यसपछि हामी पनि साकारात्मक र राम्रो कार्यको लागि सजग हुन्छौं । गलतको गलत र सहीलाई सही भन्ने शहिदनगरका जनतामा चेतना जागिसकेको छ । तर प्रयोग भने गलत नगरौं ।"

पार्टी कार्यालय उदघाटनसँगै विभिन्न पार्टीहरु परित्याग गरी सयौं नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् । सो समारोहबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिग्गज नेता देवनन्दन गोईत सहित सयौं नेता तथा कार्यकर्ताहरुले नेकपाका सदस्यता लिएका हुन् । नव प्रवेशीहरुलाई जिल्ला ईन्चार्ज श्रवण बरबरियाले फूलमाला तथा अबिर लगाएर स्वागत गरेका थिए । चियापान कार्यक्रममा उपस्थित सयौं व्यक्तिको लागि नेकपाले भोजको व्यवस्था गरेको थियो ।
पार्टी प्रवेश कार्यक्रममा राम सेवक मरिक, सत्यनारायण गोईत, रोशन गोईत, भुषण गोईत, सुरेन्द्र गोईत, राजेन्द्र दास , भोगी दास, महिन्द्र दास, जोगी दास, जगत यादव, नागेन्द्र यादव, महिन्दर मुखिया, कपिल मुखिया, राम सागर साह, कारी यादव, रामचन्द्र साह, सरिता देवी लगायत करिब १ सय ५० जनाले पार्टी प्रवेश गरेका हुन् ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…