धनुषा : चोरी भएको मोटरसाईकल फेला, एक पक्राउ, एक फरार
अहिले मोटरसाइकल ईलाका प्रहरी कार्यलय यदुकूहामा राखिएको छ ।

२०७६ कार्तिक ३ आइतबार, दिउँसो ३:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको शहिदनगर नगरपालिका–८ स्थित बिसरभोराबाट चोरी भएको मोटरसाइकल प्रहरीले फेला पारेको छ ।
ईलाका प्रहरी कार्यलय यदुकूहाबाट घुमुवा प्रहरी धनवीर पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिबार साँझ शहिदनगर नगरपालिका २ स्थित पतराही टोल नजिकको खोलामा लुकाएर राखिएको अवस्थामा उक्त मोटरसाइकल फेला पारेको प्रहरी निरीक्षक दिपक बाबू केसीले जनाए । शहिदनगर नगरपालिका ८ बिसरभोरा बस्ने जैलुन राइनको घरबाट गत असोज २९ गते रातीको समयमा स ६ प २७७५ नम्बरको १५० सिसिको कालो रंगको पल्सर मोटरसाइकल चोरी भएको थियो ।
सोही घटनाबारे ईलाका प्रहरी कार्यालय यदुकूहामा पीडित जैलुन राइनले दिएको किटानी जाहेरी र बिषेश सूचनाको आधारमा चोरी भएको पाँच दिनपछि उक्त मोटरसाइकल फेला परेको प्रहरीले जनाए । अहिले मोटरसाइकल ईलाका प्रहरी कार्यलय यदुकूहामा राखिएको छ ।
पीडितले दिएको किटानी जाहेरी अनुसार घटनामा संलग्न सोनू गोइतलाई पक्राउ गरी अदालतबाट म्याद थप गराइसकेकाले थप अनुसन्धान भएपछि अभियुक्तसँगै मोटरसाइकल अदालत समक्ष बुझाउने प्रहरी निरीक्षक केसीले बताए । सोही घटनामा संगलन अर्का एकजना सुरेश बिराजी फरार रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…