खुल्ला बोर्डर मधेशीको लागि बरदान हो, सील गर्ने प्रयास भए दुर्घटना हुन्छ : सांसद यादव
नेपाल र भारतबीचको सम्बन्धमा खटास ल्याउने षड्यन्त्र भइरहेको भन्दै सबै मधेशी समुदायलाई चनाखो भएर बस्नुपर्ने बताए ।

२०७६ कार्तिक ३ आइतबार, बिहान १०:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । समाजवादी पार्टीका सांसद प्रदीप यादवले नेपाल–भारत सिमा सील गर्ने सपना नदेख्न संघीय सरकारलाई सुझाव दिएका छन् ।
मिडिया फोर बोर्डर हार्मोनी रौतहटद्वारा शनिबार सदरमुकाम गौरमा आयोजित भारत–नेपाल मैत्रीपूर्ण संबाद कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले नेपाल र भारतबीचको सम्बन्धमा खटास ल्याउने षड्यन्त्र भइरहेको भन्दै सबै मधेशी समुदायलाई चनाखो भएर बस्नुपर्ने बताएका हुन् । उनले सिमा सील गर्न खोजे मधेशी समुदाय माथि डोजर चलाउनु पर्ने चेतावनी समेत दिए ।
नेपालका मिडिया काठमाडौंबाट र भारतका मिडिया दिल्लीबाट मधेशको सिमा समस्या हेर्ने गरेको र दुवै देशको सम्वन्ध बिगार्ने प्रयास गरिरहेकोले त्यस्ता तत्वलाई मीडियाको माध्यमबाट तह लगाउनुपर्ने धरना राखे । सांसद यादवले खुल्ला बोर्डर मधेशीको लागि ठूलो बरदान रहेकोले बन्द गर्ने दुष्प्रयास गरे ठूलो दुर्घटना हुने चेतवानी दिए ।
सांसद यादवले संघीय सरकार नियत बस नागरिकता विधेयक ल्याएर भारत सितको सम्वन्धमा तितोपना ल्याउन लागेकोले सवैलाइ चनाखो भएर बस्नुपर्ने आग्रह गरे । संघीय सरकारले भारतीय सवारी साधनको रोक लगाउन अनलाईन सिस्टम ल्याएकोले यसको प्रतिकार समेत गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘खुल्ला सिमानाको सिपाही हामी मधेशी छौं, कुनैपनि हालतमा नेपाल भारत सिमा बन्द हुन दिदैनौं, सिमा रक्षा हामीले गर्छौ सेनाले गर्दैन ।’
गएको आषाढ महिनामा आएको बाढिको बेला भ्रम फैलाउने उदेश्य बोकेका केहि मिडियाले भारतीयको दादागिरीले नेपाल दुवानमा पर्यो भने भारतीय केहि मिडियाले नेपालले पानी छोडदा भारतीय डुवानमा परेको झूठो समाचार लेखेको भन्दै आलोचना गरे । ‘काठमाडौंमा आएको बाढीले तिब्बतले पानी छोरयो भनेर किन समाचार लेखिएन त’ भन्दै प्रश्न गरे ।
नेपाल–भारत मैत्रीपूर्ण संबाद कार्यक्रममा सहभागी भाजपा सांसद अजय निषादले नेपाल भारतबीचको रोटी बेटीको सम्वन्ध अटूट रहनेमा विश्वास व्यक्त गरे । सांसद निसादले नेपाल र भारतबीचको खुल्ला सिमानामा सहज रुपमा आवागमनको व्यवस्था हुनुपर्ने विषय सरकारलाई ध्यानाकर्षण गराउने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…