सिरहा प्रहरीले हाने २ गोदामा छापा, १३ लाख बढीको समान बरामद
प्रहरीले दिनहुँ तस्करीका सामान समात्न थालेपछि भन्सार असुली बढेको बताइएको छ।

२०७६ कार्तिक २ शनिबार, राति ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका ४ का दुई गोदाममा प्रहरीले छापा हानेको छ । त्यहाँबाट १३ लाख ३६ हजार ५५८ रुपैयाँको मालसामान बरामद भएको छ।
इलाका प्रहरी कार्यालय लहानका डीएसपी भेषराज रिजालका अनुसार विषेश सूचनाको आधारमा प्रहरीले दुई गोदाममा छापा मारेको थियो। भारतीय बजारबाट भन्सार छलेर भण्डारण गरिएको सामान प्रहरीले बरामद गरेको उनले बताए। कपडा, जुता, किराना सामान र भाडा वर्तन फेला परेका छन्। बरामद गरिएको सामान ठाडी भन्सार कार्यालयमा बुझाइएको डिएसपी रिजालले बताए। चोरी, तस्करी नियन्त्रणमा सिरहा प्रहरीले शून्य सहनशीलता नीति अपनाएको उनको भनाइ छ।
सीमावर्ती क्षेत्र पुगेर प्रहरीले तस्करको गोदाममै छापामारी गरेको पहिलो घटना हो। तस्करले भारतीय बजारबाट सामान ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्ने र पछि नेपाली बजारमा भन्सार छली गरी पुर्याउने गरेका थिए। यहाँका बजारमा भारतीय कपडा छ्यापछ्याप्ती पाए पनि कपडामा भन्सार शून्य बराबर कट्ने गरेको भन्सार कार्यालय ठाडीले जनाएको छ। प्रहरीले दिनहुँ तस्करीका सामान समात्न थालेपछि भन्सार असुली बढेको बताइएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…