यदुकुहामा नेकपाको पार्टी कार्यालय खुल्दै
कमिटिले आयोजना गर्ने चियापान कार्यक्रममा सबै पक्षलाई उपस्थितिको लागि आग्रह गरिएको हो ।

२०७६ कार्तिक १ शुक्रबार, राति १०:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको यदुकूहामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय उद्घाटन हुने भएको छ ।
हिन्दु धर्मावलम्बीहरुको महान चाड तिहार, दिपावली तथा छठ पर्वको अवसरमा चियापानको आयोजना गरी शहिदनगर नगरपालिकाको यदुकूहामा पार्टी कार्यालयको समेत उदघाटन कार्यक्रम रहेको नगरका मेयर एवम् नेकपाका प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) ले जानकारी दिनुभयो । उहाँका अनुसार यदुकूहाको झण्डा चोकमा दिउँसो १ बजे नगरस्तरीय पार्टी कार्यालयको उदघाटन कार्यक्रम रहेको छ ।
शनिबार दिउँसो १ बजे पार्टी कार्यालयको उदघाटनपछि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समेत राखिएको मेयर बरबरियाले जानकारी दिनुभयो । नगरस्तरीय पार्टी कार्यालयको उदघाटनपछि तिहार र छठ पर्वको अवसरमा नेकपाको नगर कमिटिले आयोजना गर्ने चियापान कार्यक्रममा सबै पक्षलाई उपस्थितिको लागि आग्रह गरिएको हो । नेकपाका धनुषा जिल्ला ईन्चार्ज एवम् नेकपाका दिग्गज नेता योग कुमार बरबरिया (श्रवण) को प्रमुख आतिथ्यमा सो कार्यालयको उदघाटन हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…