मधेशका चर्चित गायक 'सँजय यादव' को माई म्यूजिक रेकर्डिङ स्टुडियो सँचालनमा
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको चर्चित गायक सँजय कुमार यादवले जनकपुरमा आफ्नै स्टुडियो सँचालनमा ल्याएका छन् । "शादी करादा हौ बाबू हमरा ऐही सालमे", "मिलल घरबाली हमरा अनपढ गवार" जस्ता चर्चित गीत मार्फत एकाएक चर्चामा आएका गायक यादवले आफ्नो करियरको कैयौं वर्षपछि आफ्नै स्टुडियो सँचालनमा ल्याएका हुन् । एक

२०७६ असोज ३० बिहीबार, राति ९:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको चर्चित गायक सँजय कुमार यादवले जनकपुरमा आफ्नै स्टुडियो सँचालनमा ल्याएका छन् ।
"शादी करादा हौ बाबू हमरा ऐही सालमे", "मिलल घरबाली हमरा अनपढ गवार" जस्ता चर्चित गीत मार्फत एकाएक चर्चामा आएका गायक यादवले आफ्नो करियरको कैयौं वर्षपछि आफ्नै स्टुडियो सँचालनमा ल्याएका हुन् । एक समारोहबीच गायक यादवले प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवको हातबाट श्रीगणेश गराएका हुन् ।
"बाबू लला छत्ता ठैया" नामक गीति एल्बममा समेटिएको देशभक्ति गीत - "कियाक कनबै छहो तो सब नेपाल माय के" बोलको गीत अहिले पनि दर्शक र श्रोतामाथ उतिकै कर्णप्रिय राख्न सफल गायक यादवले प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा आधुनिक एवम् प्रविधियुक्त स्टुडियोको स्थापना गरेका हुन् । सुविधासम्पन्न स्टुडियोको अभावमा यहाँका कलाकारहरु जनकपुर बाहिर गएर गीत रेकर्डिंग गर्नुपर्ने बाध्यतालाई हटाउँदै गायक यादवले सुविधायुक्त रेकर्डिंग स्टुडियो सँचालनमा ल्याएको बताएका छन् ।
मिथिला मधेशका प्रसिद्ध गायक सुनिल मल्लिक, रचनाकार अशोक दत्त, प्रेस काउन्सिल नेपालका सदस्य नवलकिशोर यादव सहित अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा जनकपुरमै 'माई म्यूजिक रेकर्डिंग स्टुडियो' सँचालनमा ल्याएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…