प्रहरी असई रँगेहात पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीमा एक प्रहरी सहायक नीरिक्षक (असई) रँगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । महोत्तरीको औरही नगरपालिका अन्तर्गत पर्ने कठुधार प्रहरी चौकीका ईन्चार्ज समेत रहेका प्रहरी असई वृजेश कुमार चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटि गएको ट

२०७६ असोज ३० बिहीबार, दिउँसो ३:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीमा एक प्रहरी सहायक नीरिक्षक (असई) रँगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
महोत्तरीको औरही नगरपालिका अन्तर्गत पर्ने कठुधार प्रहरी चौकीका ईन्चार्ज समेत रहेका प्रहरी असई वृजेश कुमार चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटि गएको टोलीले पक्राउ गरेको जनाइएको छ । भारतबाट समान ल्याउन सहजता प्रदान हेतु व्यापारीसँग घुस मागेपछि उनी पक्राउ परेका हुन् ।
भारतबाट ल्याउने विना भन्सारका समानहरु केही रकम लिएर पार गराइदिने भन्दै व्यापारीहरुसँग अबैद्य रुपमा असुली गर्दै आएका चौधरीलाई उजुरीको आधारमा पक्राउ गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…