समाजवादी युवा संघ धनुषाको नेतृत्व चयन
उनीहरुले समेत नेतृत्व स्वीकार गर्दै आफ्नो कार्यप्रति पूर्ण वफादार भएर कार्य सँचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

२०७६ असोज २९ बुधबार, दिउँसो १:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । साबिकको समाजवादी युवा फोरम नेपाल तथा हाल समाजवादी युवा संघ नेपालको नेतृत्व थप गरिएको छ ।
गत भदौ १३ गते पार्टी कार्यालयमा बसेको बैठकबाट जिल्ला कार्य समिति धनुषाको लागि रिक्त रहेको पदहरुलाई परिपूर्ति गरिएको हो । गठन भएदेखि रिक्त रहेको कोषाध्यक्ष, सचिव र सह सचिवको पदलाई पूर्ति गर्दै समाजवादी युवा संघले पदपूर्ति गरेको हो । जिल्ला कार्य समिति धनुषाको कोषाध्यक्षमा मायादेवी साह, सचिवमा विजय यादव तथा सहसचिवमा मनोज ठाकुरलाई चयन गरिएको हो ।
मँगलबार समाजवादी युवा फोरम नेपाल जिल्ला कार्य समिति धनुषाको पत्राचार अनुसार तीनै जनालाई नेतृत्वपँगतीको जिम्मेवारी दिएको हो । उनीहरुले समेत नेतृत्व स्वीकार गर्दै आफ्नो कार्यप्रति पूर्ण वफादार भएर कार्य सँचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…