नेपाल तरुण दल धनुषाको कार्यसमिति विस्तार, १३ जना थप
नयाँ सदस्य थपिएसँगै नेपाल तरुण दल धनुषाको जिल्ला कार्यसमितिमा २६ सदस्यीय भएको छ ।

२०७६ असोज २९ बुधबार, बिहान १०:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । नेपाल तरुण दल धनुषा कार्यसमितिमा १३ नयाँ सदस्य थपिएको छ ।
मंगलबार पार्टी कार्यालय जनकपुरमा बसेको जिल्ला कार्य समितिको बैठकले १३ सदस्यलाई मनोनीत गरिएको हो । नयाँ सदस्यहरूमा रोशन कुमार यादव,हरि यादव,शैलेन्द्र चोरभार यादव,धिरज ठाकुर,सुधिर नारायण साह, कैलास कुमार राउत, रुद्र नारायण साह,अजित झा,रमेश कुमार चौधरी, रामचन्द्र सिंहशिव साह,साधुसरण यादव,मनोज यादव रहेको तरुण दल धनुषाको उपसभापति राकेश बिक्रमले जानकारी दिए ।
नयाँ सदस्य थपिएसँगै नेपाल तरुण दल धनुषाको जिल्ला कार्यसमितिमा २६ सदस्यीय भएको छ । नेपाल तरुण दल धनुषाका जिल्ला अध्यक्ष संजय लाभ कर्णको अध्यक्षमा बसेको बैठकबाट १३ जनालाई जिल्ला कार्यसमितिमा सदस्यमा मनोनीत गरेको छ। नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति महेस संकर गिरि,उपसभापति सन्तोष यादव र सचिब बिशेश्वर यादवले थपिएको सदस्य हरुलाई फुलमाला अबिर लगाएर स्वागत गरेको थिए ।
सो बैठकमा नेपाली कांग्रेस जनकपुर नगर सभापति मनोज साह,नेबिसंघ नेता सुजित मिश्रा,तरुण दल धनुषा का उपाध्यक्ष राकेश बिक्रम साह, कपलेसर महतो, सचिब श्याम सुन्दर साह,कोषाध्यक्ष अन्जनी झा, क्षेत्र नं.३ का अध्यक्ष बिनय यादव,जिल्ला सदस्य सुभाष झा,अखिल मढी,राहुल मिश्रा, बिनय राय, अनुप बिक्रम साह, प्रमोद छितान, अजय गुप्ता,रमेश कुमार यादव,दिनेश नायक,बिक्रम यादव लगायतका उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…