व्यावसायिक मत्स्यपालन अवसर र चुनौती विषयक कार्यशाला शुरु
जनकपुरधाम, १९ पुस : ‘व्यावसायिक मत्स्यपालन अवसर र चुनौती’ विषयक दुईदिने कार्यशाला आज यहाँ शुरु भयो । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान र मत्स्य विकास तथा तालिम केन्द्रद्वारा आयोजित सो कार्यशालामा २ नं प्रदेशका अगुवा मत्स्य व्यवसायी र विज्ञहरूको सहभागिता छ । कार्यशालामा नेपालमा व्यावसायिक

२०७४ पुस १९ बुधबार, बेलुकी ५:०४ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १९ पुस : ‘व्यावसायिक मत्स्यपालन अवसर र चुनौती’ विषयक दुईदिने कार्यशाला आज यहाँ शुरु भयो ।
नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान र मत्स्य विकास तथा तालिम केन्द्रद्वारा आयोजित सो कार्यशालामा २ नं प्रदेशका अगुवा मत्स्य व्यवसायी र विज्ञहरूको सहभागिता छ ।
कार्यशालामा नेपालमा व्यावसायिक मत्स्यपालनको अवस्था, आहारको व्यवस्थापन, स्वदेशी जातका मत्स्यपालन व्यवसायका चुनौती, मत्स्य ह्याचरी व्यवस्थापन तथा भूरा उत्पादन बारेमा छलफल हुनेछ ।
सो अवसरमा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा जीवराज पोखरेलले माछामा हुने गरेको रोगको अध्ययन–अनुसन्धानका लागि जनकपुरधाममा स्तरीय प्रयोगशाला स्थापना गर्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
प्रदेशसभा सदस्य रामअशीष यादवले विषादीको रोकथाम गर्दे जंगली माछाको संरक्षणको आवश्यकतामाथि जोड दिनुभयो ।
जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरको माछाका नाममा भारतको आन्ध्र प्रदेशको माछा बिक्री भइरहेको प्रति ध्यानाकर्षण गराउनुभयो ।
प्राध्यापक डा भोगेन्द्र झाले प्रदेश नं २ मा माछापालन व्यवसायलाई निरन्तरता दिइएमा आत्मनिर्भरको आर्थिक आधार हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।
प्राध्यापक डा जीवन श्रेष्ठले नेपालमा माछाको खपत प्रतिव्यक्ति तीन किलो मात्र रहेकाले यसको उत्पादन र खपतको माग वृद्धिको पहल गर्नुपर्ने बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…