राज्यमन्त्री यादवको चियापानमा सिलिण्डर विस्फोट, ४ घाईते !
चियापान कार्यक्रममा ग्यास लिक भएर आगो लागेको बताइएको छ ।

२०७६ असोज २५ शनिबार, दिउँसो १२:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका राज्यमन्त्री सुरेन्द्र यादवको चियापान कार्यक्रमको दौरान ग्याँस सिलिण्डर विस्फोट हुँदा ४ जना घाईते भएका छन् ।
स्वास्थ्य तथा जनसँख्या राज्यमन्त्री यादवले महोत्तरीको सोनमामा आयोजना गरेको चियापान कार्यक्रममा ग्याँस सिलिण्डर विस्फोट हुँदा चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सोनमा गाउँपालिका वडा नं. ८ सिँहाशनीमा आयोजित सो चियापान कार्यक्रममा विस्फोट भएको प्रहरीले जनाएको छ । समाजवादी पार्टीको नगर कार्य समितिले आयोजना गरेको चियापान कार्यक्रममा ग्यास लिक भएर विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सो विस्फोटमा परी स्थानीय २५ वर्षीय रितेश कुमार यादव, २७ वर्षीय कौशल यादव, २५ वर्षीय सरोज कुमार यादव र अन्दाजी बर्ष १८ का सँतोष पासवान घाईते भएको जनाइएको छ । उनीहरुको उपचार भने राज्यमन्त्री यादवकै नीजि अस्पताल जनकपुर स्थित बजरँगचोकको जानकी हेल्थ केयरमा भईरहेको जनाइएको छ । सोनमा गाउपालिकाको–८ स्थित श्री रारामावि सुकचैनामा आयोजित चियापान कार्यक्रममा ग्यास लिक भएर आगो लागेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…