जनकपुरका समाजसेवी अनिल' लाई नेपाल प्रहरीको उच्च सम्मान
सोही क्रममा जनकपुरका रञ्जित साहलाई समेत सम्मान गरिएको हो ।

२०७६ असोज २५ शनिबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका चर्चित समाजसेवी अमरचन्द्र अनिललाई प्रहरी संगठनको स्थापना दिवसमा उच्च सम्मान गरिएको छ ।
प्रहरी दिवस २०७६ को अवसरमा समाजसेवी अनिललाई काठमान्डौंको नक्सालमा सम्मानित गरिएको हो । समाजमा परोपकारी भावनाको अभिवृद्धिमा अनुपम योगदान गरेको भन्दै प्रहरी संगठनले प्रहरी दिवसमा उनलाई सम्मान गरेको हो । नेपाल प्रहरीलाई विभिन्न तवरले पुरयाएको सहयोगको उच्च मूल्यांकन गर्दै प्रहरी प्रधान कार्यालय नक्साल काठमान्डौंले सम्मान गरेको हो ।
क्लीन एण्ड ग्रीन जनकपुरका अभियानी एवम् सल्लाहकार समेत रहेका समाजसेवी अमरचन्द्र अनिलले जनकपुरका आम नागरिकप्रतिको जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्दै मुलुकमा शान्ती सुरक्षा कायम राख्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । आम नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन समाजसेवी अनिलको भूमिका महत्वपूर्ण रहेको बताइएको छ ।
प्रहरीलाई जग्गा प्रदान कार्यदेखि समाजमा शान्ती सुरक्षा कायम राख्न तथा सदभाव बनाइराख्न उनले खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको बताइएको छ । सोही क्रममा जनकपुरका रञ्जित साहलाई समेत सम्मान गरिएको हो । प्रहरी दिवस २०७६ को अवसरमा तराई, पहाड र हिमाल जोडने सन्देश लिएर साईकल यात्राबाटै सागरमाथा बेस क्याम्पसम्म पुगेका रञ्जितलाई आपसी सद्भाव र साहसी कदमको लागि नेपाल प्रहरीद्धारा सम्मान गरिएको हो ।
प्रहरी दिवस २०७६ को अवसरमा जनकपुरका अन्य समाजसेवी, अगुवा, नेतृत्व र अभियानीहरुलाई समेत सम्मान गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…