धनुषाको नौसयबिघामा भव्य महाबीर झण्डा मेलाको उदघाटन
सो मेलाको दौरान मधेशको धरोहरको रुपमा रहेको कुस्ती अर्थात पहलवानी कार्यक्रम समेत राखिएको हो ।

२०७६ असोज २४ शुक्रबार, राति १०:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको नौसय बिघामा आजदेखि तिनदिने झण्डा मेला महोत्सव सुरु हुने भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय बिघा स्थित आजदेखि सोमबारसम्म भव्य झण्डा मेलाको आयोजना गरिएको हो । महाबीर (बजरँगबली) ले उठाएको झण्डा ५१ फिट उचाईको रहेको मेला समितिका अध्यक्ष कृष्ण यादवले जानकारी दिए । स्थानीय रामजी यादवद्धारा निर्माण गरिएको उक्त झण्डा विहान १० बजे नगरका मेयर बालेश्वर मण्डलले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
शनिबार, आईतबार र सोमबार गरी तीन दिनसम्म चल्ने झण्डा मेलामा विभिन्न प्रकारको मनोरञ्जनात्मक कार्यक्रमरुको समेत आयोजना गरिएको मेला सँयोजक यादवले बताए । झण्डा मेला भर्नको लागि विभिन्न गाउँहरुबाट हजारौंको सँख्यामा सर्वसाधारण आउने जनाइएको छ । मनोरञ्जनात्मक कार्यक्रमहरुको साथै मधेशको चर्चित पहलवानहरुलाई समेत हेर्न पाउन सकिने छ । सो मेलाको दौरान मधेशको धरोहरको रुपमा रहेको कुस्ती अर्थात पहलवानी कार्यक्रम समेत राखिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…