सिरहामा मेलाको विषयमा कुटाकुट हुँदा १६ घाईते, ९ विराटनगर रिफर !
मैन र नटवा टोलका युवाहरूबीच दुर्गा मेला हेर्न गएको बेला विवाद भएको थियो ।

२०७६ असोज २२ बुधबार, राति ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा मेलाको विषयमा दुई टोलवासीबीच कुटाकुट भएको छ ।
दुईपक्षीय झडपमा सिरहा नगरपालिका १२ सारश्वर गाउँका १६ जना घाइते भएका छन् । घाईते मध्ये केहीको अवस्था गम्भीर देखिएको छ भने केही सामान्य घाईते छन् । घाइतेहरू मध्ये अधिकांशको टाउको र हातमा काटिएको छ । घाईतेमध्ये गम्भीर रहेका ९ जनालाई सिरहामा प्राथमिक उपचारपछि विराटनगर रिफर गरिएको छ । बाँकीको भने सिरहामै उपचार भइरहेको छ ।
मैन र नटवा टोलका युवाहरूबीच दुर्गा मेला हेर्न गएको बेला विवाद भएको थियो । त्यही विषयमा बल्झिएर झगडाको रुपमा लिएको स्थानीयहरूले बताए । उनीहरूका अनुसार छलफलको माध्यमबाट विवाद सल्ट्याउने सहमति भएको थियो । तर, तरकारी बेच्न गइरहेका बिपतिया राईनउपर कुटपिट भएपछि झगडा झन बढेको हो ।
झगडाबारे जानकारी पाएलगत्तै घटनास्थलमा प्रहरी पठाइएको र केहीलाई नियन्त्रणमा समेत लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…