भारत लैजाँदै गर्दा ३६ वटा गाई र ३ वटा बाछाबाछी सहित ३ तस्कर पक्राउ
गाईलाई कसाईको हातमा बेच्ने उदेश्यले लैजाँदै गर्दा पक्राउ गरिएको जनाइएको छ ।

२०७६ असोज २० सोमबार, बिहान ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सशस्त्र प्रहरी धनुषाले ३६ वटा गाई सहित ३ जना तस्कारलाई पक्राउ गरेको छ ।
धनुषाको विदेह नगरपालिका भएर भारत तर्फ लैजाँदै गर्दा ३६ वटा गाई सहित ३ वटा बाछाबाछी पक्राउ गर्र्दै ३ तस्करलाई समेत पक्राउ गरिएको हो । तस्करी गर्ने उद्देश्यले विदेह नगरपालिका वडा नं. २ स्थित जाहगिर टोलबाट बथानमा रहेको ३६ गाई र ३ बाच्छाबाच्छी सहित ३ जनालाई पक्राउ गरेको भन्सार सुरक्षा बेस क्याम्प जनकपुरले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक प्रकाश भट्टको नेतृत्वमा खटि गएको गस्ती टोलीले गाई तस्करी गर्ने ३ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई पहिचान नखुलाइएपनि पक्राउ गरिएको गाईवस्तुलाई भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ । छ । पक्राउ गरिएको गाई लाखौं मूल्य बराबरको रहेको छ भने गाईलाई कसाईको हातमा बेच्ने उदेश्यले लैजाँदै गर्दा पक्राउ गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…