धनुषामा माटरसाईकल दुर्घटना, चालकको अवस्था चिन्ताजनक
रिकु बिहान १० बजे आफ्नी दिदिलाई ल्याउन जाँदै गरेको क्रममा बाटोमा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएको छ ।

२०७६ असोज १९ आइतबार, बिहान ११:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा मोटरसाईकल दुर्घटनामा परी एकजना गम्भीर घाईते भएका छन् ।
धनुषाको सबैला नगरपालिका वडा नं. १० स्थित खरयाना–अमरखान्ना सडकखण्डमा बिहान १० बजेतिर खरयानी तर्फबाट आउँदै गरेको मोटरसाइकल बिजुलीको खम्बामा ठोकिँदा मोटरसाईकल चालक गम्भीर घाइते भएका हुन् ।
मोटरसाईकल दुर्घटनामा परेर घाईते हुनेमा सबैला नगरपालिका १० का अन टेस्ट सुपर स्पेलेन्डर मोटरसाईकलमा सवार २६ वर्षीय रिकु कापर रहेका छन् । दुर्घटनामा कुनै अर्को पक्ष नभई उनी आफैं अनियन्त्रित भएर दुर्घटना भएको खरयानी चौकीका एक हवलदारले बताए ।
रिकु बिहान १० बजे आफ्नी दिदिलाई ल्याउन जाँदै गरेको क्रममा बाटोमा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएको छ । उनको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…