जनकपुरको सिटी हस्पिटलमा ८०० को लागि विरामीको गहना खोसियो ?
८०० रुपैया वापत केही त्यति मूल्यको समान राखेर जान भनेपछि मात्र ब्रासलेट दिएर आएको भण्डारीले बताए ।

२०७६ असोज १८ शनिबार, राति ११:०३ बजे२ मिनेट पढाइ
८०० रुपैया वापत केही त्यति मूल्यको समान राखेर जान भनेपछि मात्र ब्रासलेट दिएर आएको भण्डारीले बताए ।

२०७६ असोज १८ शनिबार, राति ११:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको सिटी हस्पिटलमा एक विरामीको गहना धितो राख्नु परेको बुझिएको छ ।
आज (शनिबार) राती करिब १० बजे एक विरामीले औषधी वापतको ८०० रुपैयाँ पछि बुझाउने गरी भनेपनि औषधी पसल सँचालकले उनको गहना धितो राखे मात्र जान दिने बताएपछि धितोको रुपमा गहना राखेर मात्र विरामी रिफर गर्न पाएका छन् । धनुषाको मनिपट्टी बस्ने स्थानीय लिला देव भण्डारीको टाउकोमा गम्भिर चोट लागेको कारण उपचारको लागि सिटी हस्पिटल जनकपुरमा गएकी थिइन् । त्यहाँँबाट अस्पतालले रिफर गरेपछि जनकपुर अञ्चल अस्पतालमा गएको उनका आफन्तले जनाए ।
विरामीकी भाई गँगा भण्डारीका अनुसार मोटरसाईकलबाट खसेकी लिलाको टाउकोमा समस्या देखिएपछि उपचारको लागि सिटी हस्पिटलमा गएको तथा औषधीको ८०० रुपैयाँ मात्र बाँकी रहँदा नाम, ठेगाना, फोन नम्बर दिएर भोली रकम पठाइदिने वा आफैं लिएर आउने भनेपनि उनले कुनै समान धितो राखे मात्र जान दिने अडान लिएपछि आफ्नो हातको ब्रासलेट निकालेर पसलेलाई दिएको गुनासो पोखे ।
उनले भने, - "साफै विश्वास नै गरेन उनीहरुले , उनीहरुमा मावनता नै मरिसक्यो जस्तो देखियो, दिदिलाई रिफर गर्दा हामीलाई अन्य ठाउँमा लैजाने हत्तार त्यतिकै थियो, एम्बुलेन्स र अन्य अस्पतालमा रुपैयाँ भन्दा पनि विरामी पुरयाउनु पहिलो कर्तव्य रहेकोमा यीनिहरुले बखेडा खडा गरेर समय पनि बर्बाद नै पारे । त्यति बेला म सँग थोरै पैसा थियो दुईटा पानीको बोत्तल र पट्टीको मात्र १८ सय रुपैयाँ बताएपनि आफूसँग बचेको तत्काल १ हजार दिएर ८०० भोली नै दिने आग्रह गरेपनि गहना नै खोसे उनीहरु ।"
सिटी हस्पिटलको भित्रै सँचालित औषधी पसल अस्पतालकै मातहतमा सँचालन भएपनि ८०० को लागि विरामीको गहना खोस्नु अमानवीय कृयाकलाप भएको प्रतिक्रिया दिइएको छ । एक्सरेको २५ सय, टाँकाको १५०० रुपैयाँ र औषधीको १८ सय रुपैयाँ जोडेकोमा ८०० रुपैयाँ मात्र बाँकी हुँदा औषधी पसल सँचालकले ब्रासलेट लिएको पीडितले जनाए । ८०० रुपैया वापत केही त्यति मूल्यको समान राखेर जान भनेपछि मात्र ब्रासलेट दिएर आएको भण्डारीले बताए ।
यता, पसल सँचालक विजय राउतले त्यस तथ्यलाई खण्डन गर्दै त्यस्तो केही पनि नगरेको बताएका छन् । आफूखुसी ब्रासलेट छाडेर गएपनि मिडियामा उल्टै आरोप लगाएको दाबी उनले गरे । उनले भने, हामीलाई हजार रुपैयाँ पनि छाडेर जाँदा हुन्थयो, हामी त्यति पनि तल झरेका होइनौ, मानवता हामीमा पनि छ, उल्टै दोषारोपण गरेर उहाँलाई के फाईदा भयो हामीलाई थाहा भएन् । उहाँको ब्रासलेट सुरक्षित राखिएको छ, त्यसै पनि त्यो ब्रासलेटले हामी के गर्ने ? हाम्रो विजनेस छ, उहाँ रकम फर्काए लिन्छौं, नदिए जबरदस्ती पनि गर्ने होइन ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

स्वास्थ्य ब्यूरो

स्वास्थ्य ब्यूरो

स्वास्थ्य ब्यूरो

स्वास्थ्य ब्यूरो
१० घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१३ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१३ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१८ घण्टा अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१९ घण्टा अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमा१९ घण्टा अगाडि
जनकपुरका नगरसचिव प्रशान्त झाले छाडे जसपा नेपाल, साधारण सदस्यसमेत नरहने घोषणाव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…