महेन्द्रनगरको सस्ता बजार समापन, करोडौंको कारोबार
सस्तो बजार सोचेको भन्दा बढी विक्रि वितरण गर्न सफल भएको नियमित अनुगमन गर्ने सल्लाहकार, राजनितिकर्मी लगायतकाले बताएका छन् ।

२०७६ असोज १८ शनिबार, राति ९:१७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको महेन्द्रनगरमा क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघको आयोजनामा पहिलो पल्ट आयोजना गरिएको दशैं सस्तो बजार सम्पन्न भएको छ ।
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा आयोजन गरिएको ७ दिने सस्तो बजारको शनिवार एक समारोहबीच क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादवको अध्यक्षता र जिल्ला समन्व्य समितिका अध्यक्ष रामदेव वनरैत यादवको प्रमुख आतिथ्यमा समापन गरिएको हो ।
प्रदेश नं. २ को अस्थाीय राजधानीको मुख्य द्धारको रुपमा चिनाउने महेन्द्रनगरमा पहिलो पल्ट आयोजना गरिएको सस्तो बजार सोचेको भन्दा बढी विक्रि वितरण गर्न सफल भएको नियमित अनुगमन गर्ने सल्लाहकार, राजनितिकर्मी लगायतकाले बताएका छन् ।
उद्योग बाणिज्य संघद्धारा महेन्द्रनगरमा पहिलो पल्ट नयाँ सोचका साथ आयोजना गरेकोमा धन्यबाद दिदैँ आउने दिनमा यसभन्दा पनि भव्य तरिकाले आयोजना गर्न सुझाब सल्लाह वक्ताहरुले दिएको थियो । दशैंको उपलक्ष्यमा लगाइएको सस्ता बजारमा करोडौंको कारोबार भएको छ ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादवले पहिलो पल्ट आयोजना गरिएको ७ दिने बजारमा सुरुमा केही समस्या देखिएपनि व्यापार संघका प्रतिनिधि, स्थानीय, मिडिया, राजनितिकर्मी र बुद्धिजिवीहरुको साथ र सहयोगले सफल भएको बताए । उनले आउने दिनमा यो भन्दा पनि भव्य तरिकाले बजार आयोजना हुने प्रतिवद्धता जनाए ।
सस्तो बजारलाई मर्निंग गलोरी ईबो स्कूलका छात्रछात्राहरुले सांस्कृतिक कार्यक्रम मार्फत् भव्यात्मक तुल्याए ।सुरक्षाको दृष्टिकोणले चुस्त बनाउन हरिओम कम्प्युटरका संचालक अरुण महतोले सिसिटिभी क्यामेराको बन्दोबस्त गरेर सहयोग गरेका थिए ।
सस्तो बजार संचालनमा योगदान एवं सहयोग गरको भन्दै विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ । आयोजकले विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्तिहरुलाई प्रमुख अतिथी जिल्ला समन्व्य समितिका अध्यक्ष रामदेव वनरैत यादव र संघका महासचिव दिपक साहबाट सम्मानपत्र र दोसला ओढाई सम्मान गरेको हो ।
कार्यक्रममा समाजसेवी मितलाल गिरी, रामजी सिंह, खानेपानी महेन्द्रनगरका अध्यक्ष रामजुलुम यादव, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ का अध्यक्ष लालबाबु यादव, २ का श्याम यादव, ३ का जयकिशोर सिंह र ४ का जगदिश यादव, प्यावसन धनुषाका अध्यक्ष गणेश साह, ईप्रका महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दहाल लगायतको सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…