धनुषाधाम नगरपालिकामा चाँडपर्वको शुभकामना साटासाट
शुभकामना आदानप्रदान कार्यक्रममा हरेक वडाका वडाध्यक्ष, कर्मचारी एकअर्कामा शुभकामना साटासाट गरे ।

२०७६ असोज १८ शनिबार, दिउँसो २:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिकामा वडादशैं, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना अदानप्रदान कार्यक्रम गरिएको छ ।
हिन्दुहरुको महान पर्वको अवसरमा नगपालिकाले विशेष कार्यक्रमको आयोजन गरी शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । नगरप्रमुख बालेश्वर मण्डल र उपमेयर विद्यादेवि भुजेलले अविर लगाई जनप्रतिनिधि एवं कर्मचारी सबैसँग शुभकामना साटेका छन् ।
नगरपालिकाको सभाहलमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा हरेक वडाका वडाध्यक्ष, कर्मचारी एकअर्कामा शुभकामना साटासाट गरे । कार्यक्रममा नगरका जनप्रतिनिधि र कर्मचारीसहित ईलाका प्रहरी धनुषाधाम प्रहरी निरीक्षक सुमन थापा, सशस्त्र प्रहरी वेश क्यामप सर्साका प्रहरी निरीक्षक हरिबहादुर शाही, पशु सेवा अधिकृत विशुनदेव यादव र कृषि शाखा अधिकृत किशोर मण्डल लगायतका सरिक भए ।
कार्यक्रम संचालन स्वास्थ्य संयोजक शैलेन्द्र यादवले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…